१६ लाख यूरोमा बिक्यो विश्वकै महँगो परेवा

कृषि पोष्ट संवाददाता

एजेन्सी ।

बेल्जियमको हाले सहरमा पालिएको ‘न्यू किम’ नाम राखिएको पोथी परेवा १६ लाख यूरोमा बिकेको छ । परेवाको उडान प्रतियोगिता (रेसिङ)मा सहभागी हुने परेवाहरूको लिलामीका क्रममा न्यू किम नामको परेवा १७ लाख यूरोमा बिकेको हो ।

युरोपमा भएका थुप्रै परेवा उडान प्रतियोगिता जितिसकेको यो परेवाको सुरुवाती बोली मूल्य २०० यूरो तोकिएको थियो । लिलामी सकिँदासम्म यसको मूल्य सर्वाधिक पुगिसकेको थियो ।

दुई जना चिनियाँ धनाढ्यहरूबीच यो परेवा कसले हात पार्ने भन्ने होडबाजी नै चलेको थियो । अन्तमाः ‘सुपर डुपर’ उपनाम राखिएका चिनियाँ नागरिकले १६ लाख युरोको बोलकबोल गरेर न्यू किम नामको परेवा किने ।

यो परेवा किन्ने चिनियाँ धनाढ्यको वास्तविक नाम सार्वजनिक गरिएको छैन । यद्यपि, गत वर्ष ‘सुपर डुपर’ ले नै बेल्जियमको अर्मान्डो नाम गरेको भाले परेवा पनि किनेको अनुमान गरिएको छ । सन् २०१९ को मार्चमा अर्मान्डो १२ लाख ५२ हजार अमेरिकी डलरमा किनिएको थियो । (एएफपी)

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏