कृषि क्षेत्र सुधारका लागि राष्टिय कृषि सैनिक आवश्यक छ : मन्त्रि भुषाल

कृषि पोष्ट संवाददाता

काठमाडौं , १८ मंसिर ।

कृषिमन्त्रि घनश्याम भुषालले अब कृषि क्रान्ति सुरु हुने र त्यसको लागि कृषि सैनिकको आवश्यक रहेको बताएका छन् । वैदेशिक रोजगारीबाट फर्किएपछि व्यवसायिक रुपमा घाँसखेती र बाख्रा पालन सुरु गरेका किसानसँगको भेटमा मन्त्री भुषालले यस्तो बताएका हुन् ।

राष्ट्रिय कृषि सैनिक अभियान मार्फत गैँडाकोट नगरपालिका वडा नम्बर १२ का ३८ वर्षीय विष्णु भट्टले मन्त्रालयमा नै पुगी कृषि तथा पशुपन्छि मन्त्रि घनश्याम भुषाललाई बुधबार “राष्टिय कृषि सैनिक” विषयमा ध्यानाकर्षण पत्र समेत बुझाए ।

बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुको नेतृत्वमा कृषि सैनिक गठन गर्नुपर्ने र तिनै सैनिकको परिचालनबाट देशमा कृषि क्रान्ति गर्ने उनको सोच रहेको छ ।

कृषि सैनिकमा समावेश हुनेहरुले कृषि औजार र प्रविधि लिएर कृषि उत्पादन बढाउने र देशको परनिर्भरतालाई अन्त्य गर्न यो अवधारणा आवश्यक रहेको उहाँको भनाई छ ।

ध्यानाकर्षण पत्र वुझ्दै मन्त्रि भुषालले भट्टको अवधारणा सराहनिय रहेको बताउनुभयो । यसको विस्तृत व्याख्या सहितको अवधारणा ल्याएर फेरि आफुलाई भेट्न उहाँले आग्रह गर्नुभयो । भट्टको यो अवधारणा देशका लागि आवश्यक रहेको र बिस्तृत व्याख्या सहितको प्रस्ताव आएपछि मन्त्रालयले थप कदम चाल्ने मन्त्रि भुषालले बताउनुभयो ।

कृषक भट्टले विना सरकारी अनुदान १२ विगाह क्षेत्रफलमा उन्नत जातका घास लगाएर ६५ जिल्लामा घासको विउ र बेर्ना बिक्री बितरण गर्दै आउनुभएको छ ।

उनले १२ जनालाई प्रत्यक्ष र ६० जनालाई अप्रत्यक्ष रोजगारी दिएका छन । विदेशबाट आएर घाँस खेती गर्नेहरुलाई निःशुल्क परामर्शसँगै बीउबिजनमा समेत सहयोग गरिरहेका छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏