कृषि विकास बैंकले वार्षिक २ प्रतिशत व्याजदरमा १ करोडसम्म ऋण दिने

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

कर्णालीमा अब उद्यम गर्न चाहानेले वार्षिक २ प्रतिशत व्याजदरमा १ करोडसम्म ऋण पाउने भएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाका नागरिकले अब उद्यम गर्न चाहेमा यस्तो सुविधा पाउने भएका हुन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहानेका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश र कृषि विकास बैंकबिच भएको सम्झौता अनुसार उद्यम गर्न चाहाने व्यक्ति तथा फर्मलाई वार्षिक २ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराइने छ ।

यसरी ऋण लिएर उद्यम गर्ने व्यक्ति तथा फर्मले १ लाख रकमको वार्षिक २ हजार मात्रै व्याज तिर्नुपर्ने छ । ऋण लिदाँ उनीहरुले धितो भने अनिवार्य राख्नुपर्नेछ । आफ्नो व्यवसायको प्रकृति र कार्ययोजना अनुसार १ लाखदेखि १ करोडसम्म ऋण लिन सकिने सम्झौतामा उल्लेख छ ।

कृषि विकास वैङ्क मार्फत १० वटा जिल्लाका १८ वटा शाखाबाट २ प्रतिशत वार्षिक व्याजदरमा ऋण उपलब्ध गराउने गरी बैंक र मन्त्रालयबिच सम्झौता भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏