पत्रकारले लिए भैँसीको अन्तर्वार्ता (भिडियो हेर्नुस)

कृषि पोष्ट संवाददाता

एजेन्सी ।

आजसम्म हामीले मानिसको मात्र अन्र्तवार्ता लिएको देखेका र सुनेका छौ । तर एक पत्रकारले भैसीसँग लिएको अन्र्तवार्ताको निकै चर्चा भएको छ । पाकिस्तानका एक पत्रकारले एउटा भिडियोमा भैसीसँग अन्र्तवार्ता लिएको देखिन्छ । यो च्यानल पाकिस्तानको लोकप्रिय मध्येमा पर्छ ।

पाकिस्तानका लोकप्रिय न्युज च्यानल जी टिभी का संवाददाता अमीन हफीजले यस्तो अनौठो काम गरेका हुन् । उनले भिडियो मार्फत भैसीलाई प्रश्न सोध्दा भैसीले के जवाफ दिन्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।

वास्तवमा सडक पार गर्नलाई मानिसहरुको सुविधाको लागि लाहौरमा आकाशे पुल बनाइएको थियो । तर, पुलमा जनावर पनि चढ्न थालेका थिए । गाई र भैसीले पुल चढ्न र ओर्लन सिकेर पुलको प्रयोग गर्न थालेका थिए । यसै विषयमा संवाददाता अमीनले एक रिपोर्ट तयार गरेका हुन् । संवाददाताले भैसीलाई माइक नजिक राखेर पुलको सिढी चढ्न र ओर्लन सजिलो भयो वा मुस्किल सोधेका थिए । यसको जवाफ दिन कोशिश गर्दै भैसीले टाउको हल्लाएर सिढी चढ्नु र ओर्लनु सजिलो नभएर धेरै मुस्किलको काम भएको जानकारी बताइएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏