महेन्द्रसिंह धोनीले थाले कुखुरा पालन व्यवसाय

कृषि पोष्ट संवाददाता

काठमाडौं , ६ मंसिर ।

भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अब कुखुरा पाल्ने भएका छन्।

उनले मध्य प्रदेशमा पाइने कालो प्रजातीको कुखुरा पालन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा काला प्रजातिका कुखुराको अत्याधिक माग भइरहेको छ। उनले राँचीमा कुखुरा पालनका लागि दुई हजार चल्ला खरिद गरेका छन्। उनले चल्ला खरिदका लागि अग्रिम भुक्तानी पनि गरिसकेका छन्।

आम नेपाली भाषामा ‘कालो कुखुरा तथा भाले’ बोलीचाली प्रयोग गरिने यस कुखुरालाई भारतमा भने कडकनाथ भनिन्छ । सोही नाम नै अहिले प्रचलित छ । अण्डाबाट कुखुरामा हुर्किन, बढ्न करिब ६ देखि सात महिना लाग्ने विज्ञहरु बताउँछन् । मासु र अण्डा दुवैकालागि पालिने उपयोगी यस कुखुराको एउटा अण्डाको मुल्य नेपाली बजारमा ५० देखि सय रुपैंयासम्म पर्ने गर्छ । उक्त कुखुराले क्यान्सर, पाइल्स जस्ता रोग निको पार्न सक्छ । अन्य कुखुराका मासुले विभिन्न रोग निम्त्यिाउँछ भने यसले रोगलाई निर्मुल पार्ने काम गर्छ ।

भारतीय क्रिकेटका पूर्वकप्तान धोनीले आफ्नो कप्तानीमा विश्वकप दिलाएका थिए।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏