काठमाडौं साँखुमा आलुखेती, किसानहरु निस्फीक्री खेतमा

कृषि पोष्ट संवाददाता

काठमाडौँ, ७ कात्तिक ।

काठमाडौंको उत्तरपूर्वी क्षेत्र हिउँदे आलुको लागि प्रख्यात छ । किसानहरुले यो वर्षको आलु रोपेर हरियो भइसकेको छ ।

काठमाडौंको शहरी क्षेत्र कोरोना संक्रमणको जोखिमसँग जुधिरहेको समयमा काठमाडौंको साँखु क्षेत्रका जनता भने हिउँदे आलुको गोडमेलमा व्यस्त देखिएका छन् । बाहिरी मान्छे कमै पुग्ने अनि संक्रमणको जोखिम पनि कम भएकोले किसानहरु निस्फीक्री खेतमा काम गरिरहेका छन् ।

काठमाडौंको साँखु क्षेत्रको आलुको बजार हिस्सा ठूलो नभएपनि वषौंदेखि व्यवसायिक खेती नै हुदै आएको छ । उपभोक्ताले धेरै रुचाउने र बजारको समस्या नभएको कारण किसानहरुले आलु खेती गर्दै आएको बताएका छन् । बढ्दो शहरीकरणको असर साँखु क्षेत्रमा पनि परेको छ ।

खेती योग्य जमिन प्लटिङ्ग गरी घडेरीमा परिणत हुन थालेपछि किसान चिन्तित बनेका छन् । सरकारले ल्याएको भू–उपयोग नीतिले यस्ता खेतीयोग्य जमिनको खण्डीकरण रोक्न सके साँखु क्षेत्रको मौलिक कृषि प्रणाली जोखिने छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏