मलेसिया बाट फर्केर घांँस खेती र बाख्रापालन बाट करोड़पति

कृषि पोष्ट संवाददाता

काठमाडौं, २८ असोज ।

विदेश बाट फर्किएर नवलपुरका ३७ वर्षका एक युवाले व्यवसायिक घांँस खेती र व्यवसायीक बाख्रा पालन शुरु गरेका छन । बैदेशीक रोजगारीको क्रममा मलेसिया ४ वर्ष विताएका स्थानीय युवा विष्णु भट्टले देशमानै केही गनुपर्छ भन्ने सोचका साथ उन्नत घांँसखेती र बाख्रापालन शुरु गरेको बताउ छन् ।

गैडाकोट नगरपालिका वडा नम्बर १२ का किसान भट्टले १ वर्ष अघि २ विघा जमिन बाट सुरु गरिएको घाँस खेती अहिले ८ विघा क्षेत्रफलमा विस्तार भै सकेको छ । आफ्नै फार्मको बाख्राको लागि लगाएको घाँस खेतीमा उनले ५० लाख बढिको लगानी भै सकेको छ । भाडामा लिएको जमिनमा भट्टले ‘सुपर नेपियर’ सहित २२ जातका घाँस लगाएका छन् ।

अहिले उनले श्री स्वस्थानी घाँस श्रोत केन्द्र तथा बाख्रा फार्म मार्फत कृषकहरुको माग अनुसार बेर्ना र घाँस समेत उत्पादन गर्दै आएका छन ।

अहिले उनको र्फममा ५ जनाले रोजगारी समेत पाएका छन् । अहिले सम्म उनले उनले ३१ लाख रुपैयाको घाँस विक्रि गरे सकेका छन् । भविष्यमा यस जातको घांँसलाई विस्तार गर्दै देशभर विक्री वितरण गर्ने उनको लक्ष्य छ । दानाको मुल्य दिनानुदिन बढ्दै गएको अवस्थामो विकल्पको रुपमा घांँस खेती गरेको उनी बताउछन् ।

उनको फार्ममा यो संँगै ६० वटा उन्नत तथा स्थानीय जातका बाख्रा, १०कट्टा क्षेत्रफलमा गिठ्ठा समेत लगाएका छन । हाल यस श्रोतकेन्द्रमा बाह्रमासे हुने सबै जातको गरी ४ करोड बराबरको घांँस उत्पादन भएको केन्द्रले जनाएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏