तरकारी बालीमा लाग्ने रोग र कीराको व्यवस्थापन कसरी गर्ने ? जानी राखौं

कृषि पो्ट संवाददाता

तरकारी बालीका रोग र कीराहरू :- फूलकोवी समूह (फूलकोवी, बन्दाकोवी, ब्रोकाउली, मुला, रायो, सलगम, ग्याँठकोवी आदि) का बालीलाई क्षति पु¥याउने प्रमुख कीराहरू

१. बन्दाको पुतली (Cabbage butterfly)

पहिचान:- वयस्क पुतलीको पखेंटाको रङ्ग सेतो र अघिल्ला पखेंटाको करीब अग्र भागमा काला धब्बाहरू हुन्छन् । कुनै पुतलीका लाभ्रेहरूको शरीरमा पहेंला धर्साहरू हुन्छन् भन्ने कुनै पुतलीका लार्भाहरू हरिया हुन्छन्।

क्षतिको पहिचान

पातमा प्वालै प्वाल भेटिन्छन् । प्रकोप बढी भएको खण्डमा सम्पूर्ण पातहरू खाईदिन्छन् ।

व्यवस्थापन विधि

१ कीराका पहेंला फुल र लाभ्रेहरूलाई जम्मा गरी नष्ट गर्ने । २ पुतलीहरूलाई हाते जालीले पक्रेर नष्ट गर्ने । ३ कीराको प्रकोप बढी भएमा डाइक्लोरभस ७६ ई.सी.) (नभुान) १ मी.ली अथवा मालाथायन ५०५ इर्.सी. २ मी.ली प्रति लीटर पानीमा बनाएको झोल छर्ने ।

२. इटबुट्टे पुतली (Diamond Back Moth)

पहिचान

वयस्क पुतली खैरो रङ्गको हुन्छ । पखेंटाको भित्री किनारामा सेतो त्रिकोणाकार तीनवटा चिन्हहरू हुन्छन्। पुतली बसेको बेला उक्त चिन्हहरू मिलेर ईंटको आकार बन्दछ ।

क्षतिको पहिचान

पातको हरियो भाग खाई दिनाले पातहरू हरियो झिल्ली जस्तो वन्दछन् । प्रकोप बढी भएमा बिरुवाको सम्पूर्ण पातहरू नष्ट भई बढ्न सक्दनैन् ।
व्यवस्थापन विधि
१ तरकारी लिईसकेपछि बाँकी रहेका बोट र पातलाई नष्ट गर्ने । २ फूलकोवी समूहका बाली र गोलभेंडा सँगै लगाउने । ३ प्राकृतिक शत्रुहरू जस्तै कोटेसिया प्लुटेली, एपान्टेलिस प्लुटेली, कमिला, माकुरा, चरा आदिको संरक्षण गर्ने ४ प्लुटेलि /DBM प्रयोग गर्ने । ५ BtK. को प्रयोग गर्ने । ६ Azadirachtin 0.03% EC (Multineem, Nimbecidine) ५ मी.ली प्रति लीटर पानीमा ७ Beauveria bassiana EC (Myco-Jaal) २.५ मी.ली प्रति लीटर पानीमा का दरले साझ पख छर्ने ८ Emamectin benzoate 5% SG (King star, N- star)०.५ ग्राम प्रति लीटर पानीमा वा ९ Chlorantraniprole 18.5 SC (Coragen, Allcora)१ मी.ली प्रति १० लीटर पानीमा वा १० Cypermethrin 10% EC २ मी.ली वा Fenvalerate 20% EC ०.५ मी.ली वा Fipronil 5% SC (Refree, Regent) २ मी.ली प्रति लीटर पानीमा ११ Indoxacarb 14.5% SC (Avaunt) ०.५ मी.ली प्रति लीटर पानीमा वा १२ Novaluron 10% EC (Rimon, Pedestal) ० १ मी.ली प्रति लीटर पानीमा झोल छर्ने ।

३. सूर्तिको पात खाने लाभ्रे (Tobacco caterpillar)
पहिचान
वयस्क पुतली खैरो रङ्गको हुन्छ र यसका पखेटामा वाङ्गा टिङ्गा धर्साहरू हन्ुछन् लाभ्रेहरू प्रायःगरी हरियो खैरो रङ्गका हुन्छन् ।

क्षतिको पहिचान

शुरुको आक्रमणमा पातहरूमा प्वाललै प्वाल देखिन्छन । प्रकोप बढी हुँदा सम्पूर्ण पात खाई बिरुवा पात बिहीन बन्दछ ।

व्यवस्थापन विधि

१ फुल र लाभ्रेहरू जम्मा गरी नष्ट गर्ने । २ खेतबारीमा पानी पटाउने । ३ माथि इटवुट्टे पुतली विरुद्ध प्रयोग गर्न बताइएका निमजन्य विषादी प्रयोग गर्ने । ४ अडीरलाई पासो बालीको रुपमा लगाउन सकिन्छ । ५ स्पोडो ल्यूर वा स्पोडो एन.पि.भि. को प्रयोग गर्ने । ६ गोलभेँडामा बताए जस्तै गर्ने ।

४. उफ्रने खपटे (Flee beetle)

पहिचान

वयस्क कालो उपियाँ जस्तो फड्कने खपटे हुन्छ ।
क्षतिको पहिचान

पातहरू मसिना प्वालै प्वाल हुन्छन् ।
यवस्थापन विधि

माथि सूर्तिको पात खाने लाभ्रेलाई बताईएको निमजन्य पदार्थ र विषादी प्रयोग गर्ने ।
५. माटो मुनी बसी क्षति गर्ने कीराहरू (खुम्रे, फेद काट्ने किरा, रातो कमिला, कीर्थो) (Soil Insects)

पहिचान
१ खुम्रे : वयस्क खैरो तथा कालो हुन्छ र लाभ्रे हँसिया आकारको हुन्छ । २ फेद काट्ने : ध्वाँसे पुतली, लार्भा चिल्लो कालो । ३ रातो कमिला : जरा वरिपरी मसिना खैरा राता कीराको समहू ।

क्षतिको पहिचान
१ बिरुवा ओइलाउने र मर्ने । २ बिरुवा ढल्छ, विरुवा ओइलाउँछ र मर्छ ।

व्यवस्थापन विधि

१ काँचो गोबर प्रयोग नगर्ने २ पानी पटाउने । ३ झारपातको थुप्रो राखी कीरा जम्मा हुने पासो बनाउने । ४ गहुँतको झोल बनाई माटो भिजाउने । ५ सालिन्दा आक्रमण हुने खेतमा, रोपाई गर्नु अगावै क्लोरपाइरीफस 10% GR -Deviban !)% G.मालाथियन 5% DP (मालाथियन ५५ धूलो) १ के.जी. प्रति रोपनीका दरले माटोको उपचार गर्ने वा क्लोरपाइरिफस २० ई.सी. (Fineban, Rusban) नामक कीटनाशक विषादी १ मी.ली. प्रति लीटर पानीका दरले खेतमा छर्ने ।

६. लाही

पहिचान

पखेटा भएका र नभएका मसिना हरिया रङ्गका हुन्छन् । लाखौंको संख्यामा देखिन्छन् ।

क्षतिको पहिचान

१ विरुवा रोगाउने । २ लाहीले आक्रमण गरेको देिखने। ३ अन्य कमिला हिडेको देखिने ।

व्यवस्थापन विधि

१ सूर्तिको झोल बनाई छर्ने । २ गाईवस्तुको मुत्र र पानी (१ः४) को अनुपातमा मिसाइ २–३ दिन फरकमा पटक पटक छर्ने । ३ माथि उल्लेखित निमजन्य विषादी छर्ने । ४ गोलभेडामा वताए जस्तै गर्ने ।

स्रोत:- कृषि व्यवस्थापन सूचना प्रणाली

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏