काठमाडौंमा कुखुराको मासु पछिल्लो तीन वर्षयताकै आलु भन्दा सस्तो

कृषि पोष्ट संवाददाता

काठमाडौं, २७ असोज ।

कुखुराको मासुको मूल्य झनै सस्तिएको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ प्रथम उपध्यक्ष श्रय ढकालका अनुसार यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको जानकारी दिनुभयो ।

खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको व्यापरीहरु बताउछन् ।

सामान्य अवस्थामा काठमाडौंमा दैनिक साढे दुई लाख किलो मासु बिक्री हुने गरेकोमा अहिले मुस्किलले सवा लाख किलो मात्रै मासु बिक्री भईरहेको संघले जनाएको छ ।

हरियो तरकारीको मूल्य उचाइमा पुगिरहेका बेला ब्रोइलर कुखुराको मासु सस्तो भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मूल्य घटाउँदै गत शुक्रबार प्रतिकिलो २ सय ४० रुपैयाँ तोकेको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏