कात्तिक २ गतेदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्ने

कृषि पो्ट संवाददाता

काठमाडौं, २६ असोज ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घटस्थापनाको भोलिपल्ट अर्थात कात्तिक २ गतेदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्ने भएको छ ।

त्यसका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

कम्पनीले मुस्ताङबाट एक हजार च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट एक हजार खसीबोका ल्याएर बिक्री गर्ने तयारी गरेको छ ।

तर च्याङ्ग्रा ल्याउनका लागि भने समस्या देखिएको खनालले बताउनुभयो ।

गत वर्ष ५ सय ४० रुपैयाँ प्रतिकिलो तिरेर ल्याइएको च्याङ्ग्रा यस वर्ष मुस्ताङमै ६ सय रुपैयाँ पर्ने खनालले जानकारी दिनुभयो ।

दसैँका लागि चिनियाँ च्याङ्ग्रा आउने सम्भावना न्यून

काठमाडौं । हिन्दु धर्मालम्बीहरुको महान चाडं बडा दसैैँ शुरु हुँन अब करिब एक साता जति मात्र छ । कार्तिक १ गतेबाट शुभारम्भ हुने दसैैँका लागि यतिखेर बजारमा चहलपहल शुरु हुन थालिसकेको छ ।

तर दसैैँ नजिकै गर्दा यसपालि चिनियाँ च्याङ्ग्रा भेडा आउने संभावना भने टर्दै गएको छ । चिनियाँ च्याङ्ग्रा भेडा ल्याउन एक जना व्यवसायिले पनि चासो नदिँदा सम्भावना टर्दै गएको हो ।

विशेषतः उत्तरी सीमा केरुङ्ग रसुवागढी नाका तथा पश्चिम उत्तरी क्षेत्र मनाङ मुस्ताङ सीमा पारी तिब्बतबाट च्याङ्ग्रा भेडा आयात गर्ने गरिन्छ । तर यस पटक दुबै क्षेत्रबाट दसैैँका लागि च्याङ्ग्रा भेडा आयात हुने सम्भावना अत्यन्त न्यून भएको रसुवागढी भन्सार कार्याल प्रमुख पुण्य विक्रम खड्काले रातोपाटीसँग बताए ।
‘यसपालि दसैैँका लागि चिनियाँ च्याङ्ग्रा भेडा आउने सम्भावना अत्यन्त न्युन छ । आजको दिनसम्म च्याङ्ग्रा आयातका लागि भन्सारमा एउटै पनि स्वीकृति माग भएको छैन ।’

भन्सार प्रमुख खड्काले भने, ‘यता रसुवागढी तर्फबाट मात्र होइन उता मनाङ मुस्ताङ तर्फबाट पनि यसपालि चिनियाँ च्याङ्ग्रा भेडा आयात हुने संभावना अत्यन्त न्यून छ । उताबाट आइहाल्यो भने पनि त्यो स्थानीय च्याङ्ग्रा भेडाहरु नै बजारसम्म आउने सम्भावना छ ।’

त्यसो त मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला लगाय हिमाली क्षेत्रहरुमा स्थानीय रुपमै च्याङ्ग्रा भेडा उत्पादन हुने गर्छ । यता रसुवागढी भन्सार कार्यालयमा भने केहि दिन अघि एक जनाले आयातका लागि बुझ्न आएपनि आधिकारिक कुनै प्रस्ताव नआएको खड्काले बताए ।

‘अस्तिताका एक जना बुझ्न आउनु भएको थियो । के कसरी ल्याउन सकिन्छ भन्दै हुनुहुन्थ्यो । पहिला उता चीनतर्फ बुझ्नुस् अनि यता नेपालको पशु क्वारिन्टिनबारे बुझ्नुस् सबै कुरा मिले सहजीकरण गरौंला भनेको थिए । के भयो उहाँ फेरी आउनु भएन । त्यसपछि कोहि पनि प्रस्ताव लिएर आएका छैन,’ भन्सार प्रमुख खड्काले भने ।

खड्काका अनुसार गत वर्ष रसुवागढी नाका हुँदै ३०० हारहारीमा चिनियाँ च्याङ्ग्रा भेडा आयात भएका थिए । यद्यपी यो संख्या गत वर्षहरुको भन्दा निकै कम हो ।

क्यासमा खरिद गर्नुपर्दा आयात कम

प्छिल्लो समय चिनियाँ पक्षले क्यासमा मात्र च्याङ्ग्रा भेडाको कारोबार गर्न थालेपछि विस्तारै आयात कम हुँदै गएको भन्सार प्रमुख खड्काको भनाइ छ । यस्तो कारोबार पहिले पहिले बार्टर (वस्तु वस्तु साटासाट) सिस्टममा हुने गरेकोमा केहि वर्षदेखि चिनियाँ पक्षले कडाई गर्दा रोकिन पुगेको खड्काले बताए ।

‘पहिले पहिले नेपालीहरुले यताको धान,चाम, तरकारी तथा फलफूल, मैदाको पिठो यतिसम्म की लत्ताकपडा समेत उता –तिब्बत) पठाउने गर्थे र उताबाट च्याङ्ग्रा भेडा ल्याउथे । तर अहिले त्यस्तो अवस्था छैन । चिनियाँहरु अहिले सिधै पैसामा मात्र कारोबार गर्छन् ।

एक त क्यासमा, अर्को तर्फ चिनियाँ पक्षको कडा चेक, जाँच र भन्सारका कारण व्यवसायिहरु निरुत्साहित छन् । यसले गर्दा पछिल्ला दिनहरुमा चिनियाँ च्याङ्ग्रा भेडाको आयात न्यून हुँदै गएको छ । यसपालि त झन् गत वर्षको जति पनि आयात हुने सम्भावना देखिँदैन,’ खड्काले भने ।

यता भारतबाट भने दसैैँको बेला अवैध रुपमा वर्षेनी खसिबोका, च्याङ्ग्राहरु तथा राँगाहरु आउने गरेका छन् । जुन यस वर्ष पनि आयात हुनथालिसकेको समाचारहरु आएका छन् ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏