खजुरा ग्रीन फर्मको केरा भाटभटेनीमा

कृषि पोष्ट संवाददाता

नेपालगन्ज, २५ असोज ।

स्थानिय उत्पादनलाई प्राथमिकतामा राख्दै भाटभटेनीले खजुरा गाउँपालिका वडा नम्बर ३ स्थिति रहेको ग्रीन फर्म प्रालीको केरा खरिद गर्दै आएको छ ।

भाटभटेनीले स्थानिय उत्पादनलाई पहिलो प्राथमिकता दिने जनाउदै आएको बेला भाटभटेनी नेपालगन्जको आफ्ना ग्राहकहरुका लागी खरिद गर्ने क्रममा खजुराको ग्रीन फर्मको केरा खरिद गरेको हो ।

भाटभटेनीले उक्त केरा नेपालगन्ज लगायत काठमाडौं सम्म पुराउने भाटभटेनिका ब्यवस्थापक बिनोद भट्टराई बताउछन् ।

‘भाटभटेनीले जहिले पनि नेपाली उत्पादनलाई प्राथमिकता दिदै आएको छ, हामिले कृषकको घर सम्मै पुगेर उत्पादित बस्तु खरिद गर्ने गर्छौ जसले गर्दा स्थानिय कृषक तथा उत्पादनकर्तालाई लाभ हुनेछ, भट्टराईले बताए ।

भाटभटेनीले आफ्नो ब्रान्च नेपालगन्जमा सुरुवात गरे लगत्तै आफ्नो केरा खरिद गर्दै आएको ग्रीन फर्मका पवन उपाध्यायले बताएका छन् ।

‘भाटभटेनिले ग्रीन फर्मले उत्पादन गरेको केराहरु लिन थाले देखि हामिलाई बजार खोज्नु पर्ने समस्या देखी मुक्ती मिलेको छ । राम्रो मूल्यमा उत्पादित केरा बारि देखि नै भाटभटेनीले लिने गर्दछ, जसले गर्दा हामी जस्ता कृषकलाई सहज भएको छ ।उपाध्यायले बताए ।

भाटभटेनिले बाँकेबाट केरा लागायत हरियो तरकारी खरिद गर्दै आएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏