ब्रोइलर कुखुरा पालनः बिचार गर्नु पर्ने कुराहरु (भिडियो हेर्नुस)

कृषि पोष्ट संवाददाता

डा. केदार कार्की

ब्रोइलर कुखुरा पालन बेरोजगार व्यक्तीको लागि पूर्ण रोजगार गरी मनग्गे आय आर्जन गर्ने भरपर्दो पेशा हुन सक्छ । यस बाहेक न्युन आय आर्जन गर्ने रोजगारीमा रहेकाको लागि फुर्सद निकालेर गरिने सहायक व्यवशायको रुपमा गप आय आर्जन गर्न सक्ने सहायक पेशा पनि ।
यसका धेरै फाइदा छन् किनभने
१) थोरै जग्गा तथा शुरु लगानीको आवश्यकता पर्छ । २) यसको उत्पादन ५—६ हप्ता मै भित्राउन सकिन्छ तथा वर्षमा ६—७ वाली पनि । ३) यी कुखुराले रेशा नभएका दाना तथा कृषि जन्य उद्योगका उप—उत्पादनलाई उच्च कोटीका प्राणीजन्य प्रोटिन तयार पार्छन् । ४) यो व्यवशाय गर्न खासै दक्षता तालीमको आवश्यकता पर्दैन । घर कै सदस्यहरुको समय उपयोग गरी ज्यामी खर्चको झण्झट व्यहोर्न पर्दैन । ५) व्यवशाय संचालनका सामग्री सहजै उपलब्ध छन् तथा बजारको समस्या जटिल छैन । यो पेशा संचालन गर्न एक दिने चल्ला खरिद गरी खुला खोरमा पाले हुन्छ, जस्तै ५—६ हप्ताको उमेर मै सहजै जिउँदै वा काटी सफा गरी विक्री गर्न सकिन्छ । यो व्यवशाय शुरुमा संचालान गर्दा सानो आकार अर्थात १००—२०० बाट शुरु गर्न उपयुक्त हुन्छ । जस्ले गर्दा व्यवशाय संचालनको अनुभव प्राप्त हुन्छ । तत्पश्चात व्यवशाय विस्तार गरी व्यवशायिक स्तरमा संचालन गर्न सजिलो हुन्छ ।

कुखुरा पालन घरको व्यवस्थापन (सोतर राखेर)

कुखुरा पालीने घरको लागि अग्लो तथा पानीको सहज निकाश हुने बलौटे दोमत भएको माटो भएको ठाउँ हुनुपर्छ । साना चल्ला हुर्काउने घर, ठूला कुखुरा, फूल पार्ने अवस्थामा पुगेका कुखुरा पालिने घर भन्दा ३०० फिट टाढा हुनु पर्छ । घरको मोहडा पूर्व पश्चीम फर्केको हुनु उचित मानिन्छ जसले गर्दा घाम, पानी, हुरी, बतास कुदुरा घरमा सहज रुपमा प्रवेश गर्न पाउँदैन । कुदुरा पालीने घरहरुको वीचमा कम्तीमा ३० फिट ठाउँ हुनु आवश्यक छ जसले गर्दा कुखुरा घरहरुमा हावाको उचित निकाश हुन सकोस् । खोरमा हावाको दोहोरो निकाश हुन घरको चौडाई ३२ फिट राख्न वेश लम्बाई त कति चाहिने हो पालीने कुखुराको संख्यामा भर पर्ने भयो नै । उचाईको हकमा मध्ये भाग १२—१४ फिट जसमा २—३ फिट अलि छड्के पार्ने की ताकी पानीका छिटा घर भित्र न परोस् । जाडो हुने ठाउँमा वरिपरिका पर्खाल ६—८ फिट तथा गर्मी हुने ठाउामा ८—१० फिट राख्नु पर्छ । यसरी बनाइने घरको छेउका पर्खाल तल्लो ३÷४ भाग पक्की ईंटाको गाह्रो तथा माथिको १÷४ भाग तारको जाली लगाउनु उचित । खोरको भुईं पक्की सिमेन्टको बनाउने र २—३ फिट अग्लो बनाउने जस्ले गर्दा बाहिरको चिसो, पानी भित्र रसाउन नपाओस् घरको माथिको भाग छाना हालेको जस्तो बनाउने । छानामा कस्तो सामग्री प्रयोग गर्ने, त्यो स्थानिय रुपमा उपलब्ध खर, पराल, छ्वाली वा जस्ता पाता जे प्रयोग गरे पनि हुन्छ । कुखुरा पालिन बनाउने घर वा खोर वरिपरि रुख लगाउने हो भने हुरी बतासबाट बचाउँछ ।

एक पटक कुखुरा पाली सकेको कुखुराको खोर, कुखुरा सबै बिक्रि गरिसके पछि पहिलेको सोत्तर तथा प्वाँख लगायतका फोहर राम्रो सित सोरेर भुईं सफा गर्ने र राम्रो सित धोई पखाली निर्मलीकरण तथा निसंक्रमण गर्ने । पहिले प्रयोग गरिएका दाना पानीका भाडा, विजुलीका सामान सबै निकाली धोई पखाली निर्मलीकरण तथा निसंक्रमण तथा आवश्यक मर्मत संभार गर्नु बुद्धिमानि हुन्छ । खोर कतै भत्केको बिग्रेको भए मर्मत गर्नु आवश्यक हुन्छ । खोरको तारजाली झ्यालढोकामा झिल्कोले सेक्ने, पोल्ने, धुने र निर्मलिकरण गर्न किन विर्सने । एक पत्र चुन पानीले घरको पर्खाल लगायत पोत्नु उपयुक्त हुन्छ । घरको झ्यालढोका टम्म बन्द गरेर प्रयोग हुने भाडाकुडा तथा अन्य उपकरण खोर भित्र राखेर निम्न रसायन युक्त धुवाँबाट ३० मिनेट निसंक्रमण गर्नु पर्दछ । यसका लागि पोटासियम परमैगनेन्ट ६० ग्राम, फर्मलीन १० एम. एल. प्रति १०० क्यूविक वर्गफिटका दरले प्रयोग गर्ने । यसरी निसंक्रमण गरिएको खोर १—२ हप्तासम्म पुनप्रयोग नगर्ने । यस पछि मात्र नयाँ चल्ला भित्राउने ।

प्रति कुखुराका चल्लालाई उमेर अनुसार बस्ने ठाउँ, दाना, पानीको लागि चाहिने ठाउँको मात्रा कति ?
उमेर बस्ने ठाउँ खाने ठाउँ पानी खाने ठाउँ ब्रुडिङ गर्दा ८ वर्ग ईन्च १ इन्च ०.२५ इन्च १—२ हप्ता ०.२५ वर्ग फिट १.५ इन्च ०.३० इन्च २—४ हप्ता ०.५० वर्ग फिट २ इन्च ०.५० इन्च ५—६ हप्ता १ वर्ग फिट ३ इन्च ०.६० इन्च

चल्ला हुर्काउने बेलाको व्यवस्थापन :

सोत्तर तपाईको ठाउँमा के सस्तो पाइन्छ त्यही प्रयोग गर्नुहोस् जसले खोरको ओस सोसोस र कुखुरालाई आराम दिओस् । काठमिलको धुलो, धानको भुस, बदामको बोक्रा, छिमलेको घाँसका टुक्रा आदि प्रयोग गर्न सकिन्छ । खोरको भुईंमा २ इन्च बाक्लो सोतर राख्नु पर्छ र त्यस माथि कुनै पत्रिकाले ५ पत्र छोप्नु उचित जसले गर्दा चल्लाले सोतर नै ननिलोस् अनि सर्केर मरोस् ।

ब्रुडरलाई मध्य भागमा राख्नुस र यसलाई १ फिट अग्लो चल्ला रक्ष घेराले बार्नुस, ब्रुडर र चल्ला रक्षा घेरा विच २ फिटको दुरी रहोस् । ब्रुडरमा आवश्यकता हेरी ४०—१०० वाटका २—४ विजुलिका वल्व राख्नुस् । यो यसरी राख्नुस ताकि चल्ला ब्रुडरमा निष्फीक्र विचरण गर्न सकोस् । चल्ला ल्याउनु भन्दा २४ घण्टा अगाडी ब्रुडरको बत्ति चालु राख्नुस ताकि ब्रुडर घरमा तापक्रम ९०—९५ डिग्री फरेनहाइट रहोस्र । जाडोमा यो तापक्रम स्थीर राख्न झ्याल ढोका बन्द गर्नु पर्ने हुन्छ, धेरै हावाहुरीको समस्या भए गनी व्याग वा पोलिथिनको पर्दा प्रयोग गरी झ्याल छोप्नु पर्छ । तर घरको माथिल्लो तहको हावाको निकाश हुने ठाउँ चाहि खुला राख्न जरुरी छ जसले गर्दा खोरमा जम्मा हुन पुगेको अमोनिया, कार्वन डाइअक्साइड जस्ता कुखुरालाई असर पु¥याउने ग्यास बाहिर जान पाओस् । अनि सोत्तर पनि सुख्खा राख्न मद्दत पु¥याओस् । ब्रुडरको चारै तिर प्रति २५० चल्लाको लागि ६ वटा पानीको भाडा व्यवस्था गर्नुस् । तथा त्यसमा भिटामिन, ए. सी., इलेक्ट्रोलाइट अनि सहजैविक मिश्रित पानीको व्यवस्था गर्नुस् । पहिले २ दिनको लागि मकैको च्याख्लालाई ५०० ग्राम प्रति १०० चल्लाका दरले कागज माथि छरेर राखि दिनुपर्छ । त्यस पछि पानी तथा दानाको भाडा एक अर्का पछि राखि त्यस स्ट्राटर दाना नं. १ राखि दिनु पर्ने हुन्छ । ३ हप्ता पछि ब्रुडर घरमा चल्ला रक्षक वार राखि राख्नु आवश्वक पर्दैन ।

चल्ला बुझ्दा जाडोमा दिउँसो पख बुझ्न् तथा गर्मी समयमा विहान अथवा वेलुकी पख पारी बुझ्ने । तपाईं कहा चल्ला आइपुगे पछि चल्ला राखेको बाकस खोल्ने अनि चल्लालाई चलाउने तथा चल्ला एक आपसमा झुम्मिएर खात लागेको नहोस् । चल्लालाई एक एक गरी ब्रुडरमा हाल्नुस् यस अवधिमा लुला लंगडा ख्याउटे, झोक्राएका भेटिए छुट्याएर आपुर्तिकर्तालाई फिर्ता गर्नुस् त्यस्ता चल्ला खोरमा राख्नुको कुनै औचित्य छैन ।

यसो गरी रहँदा तपाई कहाँ कति स्वस्थ्य चल्ला आइपुगे गणना गर्नुस् साथै चल्लालाई पहिले तयार पारेको पानी खुवाउन पनि सिकाउनु पर्छ । चल्ला खरिद गर्दा सधै भरपर्दो अनि तपाईको गुनासो सुन्न सक्ने ह्याचरी तथा आपुर्तिकर्तासंग लिनु बुद्धिमानी हुन्छ ।

कुुखुरा घरमा तापक्रम तथा प्रकाश व्यवस्थापन

कुखुरा घरमा पहिलो ३ दिन २४ घण्टा बत्तिको प्रकाश हुनु जरुरी हुन्छ । त्यस पछि १ घण्टाका दरले विक्रि गर्ने उमेर घटाउँदै लानु पर्दछ । कुखुराको खोरमा पहिलो ४ हप्ताका लागि प्रति २०० वर्ग फिटका लागि ४० बाटका वल्व प्रयोग गर्नु पर्छ । त्यस पछि २५ बाटको वल्व प्रयोग गरे पुग्छ । ब्रुडिङ तापक्रम ८०—९० फरेनहाइट पहिलो हप्ताको लागि त्यसपछि प्रति हप्ता ५० डिग्री फरेनहाइटले घटाउने । ४ हप्ता काटेका कुखुरालाई कुनै थप तापक्रम व्यवस्था गरी राख्नु पर्दैन ।

दाना पानीको व्यवस्थापन

कुखुरालाई दाना, धातु वा प्लाष्टिकाका दानाका भाडा वजारमा सहज रुपमा उपलब्ध छन् आफ्नो आवश्यकता तथा आर्थिक क्षमता अनुसार प्रयोग गर्न सकिन्छ । जसै कुखुरा हुर्कदैं जान्छन, भाडाको सतह अलि माथि उठाउँदै लान सकिने हुनु पर्छ जसले गर्दा दानाको कम क्षति होस् । ब्रोइलर कुखुरालाई पहिलो ४ हप्ताका लागि स्ट्राटर दाना जुन हामी कहाँ १ नं दाना भनि भनिने प्रचलन छ , आवश्यकता अनुसार दिने । तयसपछि विक्रि गर्ने बेलासम्म फिनिसर अथवा २ नं दाना दिने । आजको परिस्थितिमा हिजो अनुमान गरिए अनुसारको दान दिन भन्दा नियमित अवधि र उमेर अनि स्वास्थ्य स्थिति अनुसार नियमित दाना कटौति गरि दिन उचित हुन्छ ।

दाना बजारबाट खरिद गर्दा भरपर्दो, विश्वशनिय अनि प्राविधिक सल्लाह र सहयोग अनि क्षतिपुर्ति दिने दाना उद्योग वा आपुर्तिकर्तासंग मात्र लिनु बुद्धिमानि हुन्छ ।आफै दाना बनाउने भए र आवश्यक सामग्री गुणस्तरीय एवं सहज उपलब्ध हुन्छ भने निम्न अनुसार बनाउन सकिन्छ ।

व्यवसायिक ब्रोइलर कुखुराका लागि दाना बनाउने शुत्र प्रति १०० के. जी. का लागि सामग्री ब्रोइलर स्ट्राटर ०—४ हप्ताको लागि ब््राोइलर फिनिसर ५—६ हप्ताको लागि मकै पहेंलो ५५.०००% ५८.०००% धनको ढुटो ५.६८० % १०.६८० % भटमासको पिना ३६.००० % २८.००० मिनरल मिक्स्चर ३.००० % ३.००० % ककसीडियास्टाट ०.०५० % ०.०५० % भिटामिन ए+वि२+डि३+के ०.०३५ % ०.०३५ % भिटामिन वि कम्प्लेक्स ०.०३५ % ०.०३५ % प्रोवायोटिक ०.०५० % ०.०५० % लाइसिन ०.१०० % ०.१०० % डि. एल मिथोनिन ०.०५० % ०.०५० % माइकोटोक्सी वाइन्डर १ % १ % इन्डोटोक्सीन वाइन्डर वि. एम. डि. ०.५०० % ०.५०० %

ब्रोइलर कुखुराको स्वास्थ्य व्यवस्थापन

आफुले कुखुरा पाल्ने क्षेत्रमा खोप लगाउनु पर्ने खालका के—के रोगको संभावना छ र कुन कुन खोप बजारमा उपलब्ध छन्, कुखुराको उमेर तालीकासंग मिल्ने गरी सो खोप लगाउनु नै बुद्धिमानि हुने छ । नत्र कुखुरालाई रानीखेत, गम्बोरो, लिचि भयो भनी औषधि गराउन खोज्दै हिड्नुको कुनै औचित्य छैन । किनभने त्यस्ता रोग लागे पछिको अवस्थाका लागि विश्वमा नै कुनै औषधि छैन । तपाईले पत्याएर औषधि गर्नु भयो भने तपाईको आफ्नो जिम्मा ।

तपाईको खोरमा दैनिक ०.५% देखि १% सम्म पनि कुखुरा विरमी परे वा मरे भने तुरुन्त सम्बन्धित विज्ञसंग सल्लाह गरी उचित रोग निदान सहित मात्र उपचार तथा नियन्त्रणको उपाय अवलम्बन गर्नु नै कुशल ब्रोइलर व्यवसायिको पहिचान मानिन्छ । नत्र खाली दाना डिलर अनि छिमेकि एग्रोभेट अनि घुमन्ते चिकित्सकको भर पर्नु भयो भने हुने क्षति तपाईको मात्र हो । यसमा विचार गर्नु अति आवश्यक छ । यदि तपाईको ब्रोइलर कुखुरा विकेर काठमाण्डौ शहरमा पुगेको देख्न चाहनु हुन्छ भने । नत्र उहि हो आजको ब्राइलर पालनको स्थिति, न वेलामा चल्ला पाउँछ न नेपाली फ्रेशहाउसले वेलामा तयारी कुखुरा उठाउँछ ।

खोर वरिपरि न्युनतम जैविक सुरक्षाका उपाय अवलम्बन गर्नु पर्ने हुन्छ । खोर वरिपरिको सफाई नियमित चुन पानी छर्नु यस भित्र पर्छ । आफ्नो खोरमा जथाभावी भुस्याहा जनावर अनि काठे हाँस, कुखुरा तथा अन्य चरा चुरुङ्खी आउनु नदिनु बेश । खोरमा मरेका कुखुरालाई सुरक्षित गाडेर तह लगाउनुस् छरपस्ट नगर्नु उचित । एक पटक हुल्ने एकै पटक कुखुरा विक्रि गर्ने प्रकृयामा कुखुरा पाल्नुस् । कुखुरा पालिने क्षेत्रमा थरीथरीका उमेरका कुखुरा न राख्नुस् । तयारी कुखुरा विक्रि गरी सके पछि पहिला कुखुरा पाल्दाका सोत्तर राम्ररी खोरबाट निकालि खोर सफा गर्ने, प्रयोग गरिएका भाडाकुडा, औजार आवश्यक मर्मत सरसफाइए अनि निर्मलिकरण, निसंक्रमण पछि मात्र प्रयोग गर्नु नै उचित ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏