कुखुरा पालन व्यवसाय गर्दै हुनुहुन्छ ? सफल हुनका यसरी पाल्नुहोस ।

कृषि पोष्ट संवाददाता

पछिल्लो समय नेपालमा कुखुरा पालन व्यवसाय भरपर्दो पेशाको रुपमा विकास भरहेको छ । थोरै लगानी तथा सहि प्रविधिको प्रयोग गर्ने हो भने कुखरा पालनबाट पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिन्छ ।

यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन सक्छ । यो पेशा थोरै जग्गा तथा कम लगानीमै सञ्चालन गर्न सकिन्छ । यसको उत्पादन ५–६ हप्तामै भित्र्याउन सकिन्छ र वर्षमा ६–७ पटकसम्म कुखुरा बेच्न सकिन्छ । यो व्यवसाय गर्न धेरै ठूलो तालिमको आवश्यकता समेत पर्दैन ।

नेपालमा यो व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री सहज उपलब्ध छन् । साथै, सहज बजार पहुँचले उत्पादन पछिको विक्री वितरणमा समेत समस्या छैन । यो व्यवसाय सञ्चालन गर्दा प्रारम्भमा सानो आकार अर्थात १ सयदेखि २ सयबाट शुरू गर्नु उपयुक्त हुन्छ । र, बिस्तारै कुखुरा पालनको अनुभव बटुली व्यावसायिक रूपमा यो पेशा सञ्चालन गर्न सजिलो हुन्छ । कुखुरा पालन गर्दा सवैभन्दा पहिला ध्यान दिनुपर्ने महतवपुर्ण कुरा खोर व्यवस्थापन हो । अव लागौं खोर व्यवस्थापन कसरी गर्ने भन्ने तिर ।

खोरको व्यवस्थापन

ब्रोइलर कुखुरा पालनका लागि पानीको सहज निकास हुने बलौटे–दोमट माटो भएको ठाउँमा अग्लो घर ९खोर० भए राम्रो हुन्छ । साना चल्ला हुर्काउने खोर ठूला र फुल पार्ने अवस्थाका कुखुराको खोरभन्दा ३ सय फीट टाढा हुनुपर्छ । यस्तो खोरको मोहडा पूर्व अथवा पश्चिम फर्केको हुनु उचित मानिन्छ । यस्तो खोरमा घाम, पानी, हुरी, बतासको समस्या कम हुन्छ । खोरहरूको बीचमा कम्तीमा ३० फीट खाली भाग हुनुपर्छ । यसो गर्दा खोरहरूमा हावा राम्ररी खेल्न सक्छ ।

हावाको दोहोरो निकासका लागि खोरको चौडाइ ३२ फीट राख्नु राम्रो हुन्छ । उचाइ भने खोरको मध्य भाग १२–१४ फीट हुनुपर्छ । खोरको पर्खाल चिसो ठाउँमा ६–८ फीट तथा गर्मी ठाउँमा ८–१० फीट राख्नुपर्छ । यो पर्खालको तलको एक फीट भाग इँटाको पक्की तथा माथिको भागमा जाली लगाउनु उचित हुन्छ । खोरको छानामा स्थानीय रूपमा उपलब्ध हुने खर, पराल, छ्वाली वा जस्तापाता जे प्रयोग गरे पनि हुन्छ । खोर वरिपरि रुख बिरुवा रोप्दा राम्रो हुन्छ । रुख बिरुवाले हावा, हुरी तथा अन्य प्रकोप रोक्न मद्दत गर्छ ।

एक चरणको कुखुरा उत्पादन पछि खोरलाई राम्रोसित सफा गर्नुपर्छ । पहिले प्रयोग गरिएका दाना–पानीका भाँडा, बिजुलीका सामान सबै धोइपखाली निर्मलीकरण तथा आवश्यक मर्मत सम्भार गर्नु बुद्धिमानी हुन्छ । खोर कतै बिग्रेको भत्केको भए मर्मत गर्नुपर्छ । त्यसैगरी खोरको तारजाली तथा झ्याल ढोकामा आगोको झिल्कोले सेक्ने, पोल्ने र निर्मलीकरण गर्न बिर्सनु हुँदैन । एक चरण कुखुरा उत्पादन भइसकेपछि चूनपानीले खोरको पर्खाल पोत्नु उपयुक्त हुन्छ । ब्रोइलर कुखुराका लागि प्रयोग हुने भाँडाकुँडा तथा अन्य उपकरण खोरभित्र राखी राम्ररी झ्याल ढोका बन्द गरी पोटासियम परम्याग्नेण्ट ६० ग्राम र फर्मा्लिन १० एमएल ९प्रति १ सय क्युबिक फिटमा०बाट उत्पादित धूवाँबाट निर्मलीकरण गर्नुपर्छ । यसरी निर्मलीकरण गरिएको खोरमा एक–दुई हप्तापछि मात्र नयाँ चल्ला भित्र्याउँदा राम्रो उत्पादन लिन सकिन्छ । खोरको व्यवस्थापन गरीसके पछि अव कस्ता खालका चल्लाहरु छनोट गर्ने र चल्ला हुर्काउने वेलाको व्यवस्थापन कसरी गर्ने भन्ने तिर

चल्ला हुर्काउने बेलाको व्यवस्थापन

ब्रोइलर कुखुराका लागि खोरको ओस सोस्ने र कुखुरालाई आराम दिने खालको सोत्तर प्रयोग गर्नुपर्छ । सोत्तरका रूपमा काठको धूलो, धानको भूस, बदामको बोक्रा, छिमलेको घाँसका टुक्रा आदि प्रयोग गर्न सकिन्छ । खोरको भुइँमा कम्तीमा २ इञ्च बाक्लो सोत्तर राख्नुपर्छ र त्यसलाई पाँच पत्र न्यूज प्रिण्ट पेपरले छोप्नु उचित हुन्छ ।

ब्रडरलाई खोरको मध्यभागमा राखी यसलाई १ फीट अग्लो चल्ला रक्षा घेराले बार्नुपर्छ । ब्रुडर र चल्ला रक्षा घेरा बीचको दूरी २ फीट हुनुपर्छ । ब्रुडरमा आवश्यकता अनुसार ४० देखि सय वाट सम्मका बिजुलीका बल्ब चल्ला ब्रुडरमा राम्ररी विचरण गर्न सक्ने गरी राख्नु उपयुक्त हुन्छ । खोरमा चल्ला भित्र्याउनु भन्दा २४ घण्टा अगाडि ब्रुडरको बत्ती बाली खोरको तापक्रम ९०—९५ डिग्री फरेनहाइट राख्नुपर्छ ।

हावाहुरीको समस्या भए झ्याल ढोकामा जुटको बोरा वा पोलिथिनको पर्दा प्रयोग गर्नुपर्छ । तर, खोरको माथिल्लो तहको हावा निकास हुने ठाउँ भने खुला राख्न जरुरी छ । यसो गर्दा खोरमा जम्मा भएको अमोनिया, कार्बनडाइअक्साइड जस्तो हानिकारक ग्यास बाहिर जान्छ र सोत्तर पनि सुक्खा रहन मद्दत पुग्छ ।
ब्रडरको चारैतिर प्रति २ सय ५० चल्लाका लागि ६ ओटा पानीको भाँडा चाहिन्छ । त्यो पानीमा भिटामिन ए, सी, इलेक्ट्रोलाईट र सहजैविक तत्वको मिश्रण आवश्यक हुन्छ । शुरूका दुई दिन १ सय चल्लाका लागि ५ सय ग्राम मकैको च्याँख्ला दिनुपर्छ । तीन हप्ता पछि ब्रडर घरमा चल्ला रक्षक बार हटाए हुन्छ ।
चल्ला खरीद गर्दा जाडो सयममा दिउँसो र गर्मी समयमा बिहान अथवा बेलुका गर्नु राम्रो हुन्छ । तपाईं कहाँ चल्ला आइपुगेपछि चल्लालाई एकएक गरी ब्रुडरमा राख्नुपर्छ । यसो गर्दा लुलालङ्गडा, ख्याउटे, झोक्राएका चल्ला भेटिए छुट्टयाएर आपूर्तिकर्तालाई नै फिर्ता गर्नुपर्छ ।

चल्ला खरीद गर्दा सधैं भरपर्दो अनि तपाईंको गुनासो सुन्न सक्ने ह्याचरी तथा आपूर्तिकर्तासँग लिनु बुद्धिमानी हुन्छ । चल्ला उत्पादनको लागी खोरका लागी प्रकाश व्यवस्था पनी एक हो प्रकाश व्यवस्थापन कसरी गर्ने त ।

खोरमा तापक्रम तथा प्रकाश व्यवस्थापन

खोरमा पहिलो तीन दिन चौबीसै घण्टा बत्तीको प्रकाश हुनु जरुरी हुन्छ । त्यसपछि दैनिक एक घण्टाका दरले विक्री गर्ने उमेर नपुगिन्जेल समय घटाउँदै जानुपर्छ । कुखुराको खोरमा पहिलो चार हप्ता प्रति २ सय वर्गफीटका लागि ४० वाटको बल्ब प्रयोग गर्नुपर्छ ।

त्यसपछि २५ वाटको बल्ब प्रयोग गरे हुन्छ । ब्रुडिङ तापक्रम पहिलो हप्ता ८०–९० डिग्री फरेनहाइट राख्ने र त्यसपछि ५० डिग्री फरेनहाइट घटाउनु पर्छ । चार हप्ता पार गरेका कुखुरालाई कुनै थप तापक्रम आवश्यक पर्दैन । अव लागौं दानापानी व्यवस्थापन तर्फ ,

दानापानीको व्यवस्थापन

कुखुरालाई दानापानी खुवाउन धातु वा प्लाष्टिकाका भाँडा प्रयोग गर्न सकिन्छ । यस्ता भाँडा कुखुरा हुर्कंदै जाँदा भाँडाको सतह माथि उठाउन सकिने हुनुपर्छ । यसबाट दानाको कम क्षति हुन्छ । ब्रोइलर कुखुरालाई पहिलो दुई हप्ता स्ट्राटर द्यय दाना दिनुपर्छ । त्यसपछि दुई हप्ता द्यज्ञ र पछी विक्री गर्ने बेलासम्म द्यद्द फिनिसर दाना दिनुपर्छ । ब्रोइलर कुखुरालाई नियमित अवधि, उमेर र स्वास्थ्य स्थितिअनुसार नियमित दाना दिनु उचित हुन्छ ।

बजारबाट दाना खरीद गर्दा भरपर्दो, विश्वासनीय तथा प्राविधिक सल्लाह र क्षतिपूर्ति समेत दिने दाना उद्योग वा आपूर्तिकर्तासँग लिनु बुद्धिमानी हुन्छ । दाना उधारोमा पाए जुनसुकै उपयोग गर्न हुदैन, डिलिर ले जे दियो त्यो दाना चलाउनु भन्दा गुणस्तरिय दाना उपयोग गर्नु पर्छ । नेपालमा ब्रोइलर दाना उत्पादन गर्ने उद्योग धेरै छन ९दाउन्ने , पोसक ,शक्ति , अन्नपूर्ण , बिजय इत्यादि ० , किसान ले राम्रो दाना रोज्नु पर्छ । आफै दाना बनाउने भए र आवश्यक सामग्री गुणस्तरीय एवम् सहज उपलब्ध हुन्छ । अन्तमा स्वस्थ कुखुरा को उत्पादनको लागी एकदम महत्वपूर्ण भएकाले स्वास्थ व्यवस्थापन कसरी गर्ने त ।

स्वास्थ्य व्यवस्थापन

आफूले कुखुरा पाल्ने क्षेत्रमा खोप लगाउनुपर्ने खालका रोगको सम्भाव्यता अध्ययन गरी खोपको व्यवस्था गर्नुपर्छ । कुखुराको उमेर अनुसार मिल्ने गरी सो खोप लगाउनु पर्छ । यसो हुन नसके कुखुरालाई रानीखेत, गम्बोरो, लिची जस्ता रोग लाग्न सक्छ । यस्तो रोग लागेपछि कुखुराको उपचार सम्भव छैन ।

कुखुराको खोरमा दैनिक शून्य दशमलव ५ देखि १ प्रतिशत मात्र कुखुरा बिरामी परे वा मरे भने पनि तुरुन्त विज्ञसँग सल्लाह गरी रोगको उचित उपचार गर्नुपर्छ । यस्तो रोगको उपचारमा दाना डिलर, नजिकको एग्रोभेट वा घुमन्ते चिकित्सकको भर पर्नु हुँदैन ।

यस्तो कुरामा विशेष ध्यान र्पुयाउन आवश्यक छ । व्यावसायिक कुखुरा पालनका लागि उल्लेखित कुरामा ध्यान र्पुयाउन सके अहिले देखिएका समस्याबाट मुक्त हुन सकिन्छ । र, आफ्नो लगानी तथा श्रमअनुरूपको प्रतिफल पाउन सम्भव हुन्छ ।

खोर वरिपरि न्यूनतम जैविक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने हुन्छ । खोर वरिपरिको सफाइ गर्दा नियमित चूनपानी छर्नुपर्छ । आफ्नो खोरमा जथाभावी भुस्याहा जनावर, काठेहाँस, कुखुरा तथा अन्य चराचुरुङ्गी आउन दिनु हुँदैन ।

खोरमा मरेका कुखुरालाई सुरक्षित रूपमा गाडेर तह लगाउनुपर्छ । एक चरणका कुखुरा एकैपटक विक्री गर्दा राम्रो हुन्छ । यसो गर्दा कुखुराबाट राम्रो उत्पादन लिन सकिन्छ र यो पेशालाई भय रहित व्यवसाय बनाउन सकिन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏