काठमाडौँ , १३ असोज ।
काठमाडौंमा बोइलर कुखुराको चल्लालाई रंग्याएर लोकलको मूल्यमा बेन्चे ४ जना पक्राउ परेका छन् । कलंकी क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुनिता जैसवाल, वकिल खान, चन्दादेवी शाह र सिलादेवी जैसवाल रहेका छन् । उनीहरुले बोइलर कुखुराको चल्लालाई मेहन्दी र रंग लगाएर लोकल भन्दै बेचेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
उनीहरुले सस्तो मूल्यमा चल्ल किनेर रंग लगाएपछि अत्यधिक महँगो मूल्यमा बिक्रीवितरण गर्दै आएका थिए । उनीहरुसँगै रंग लागइएको र बाँकी गरी २८ हजार ६ सय चल्ला पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले १० रुपैयाँ प्रतिगोटा चल्ला खरिद गरी २ सयदेखि ३ सय रुपैयाँसम्म बिक्रीवितरण गर्दै आएको पाइएको प्रहरीले बताएको छ ।
तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏