अनौठो च्याउ : जसले राती चम्किएर पहाड नै झलमल उज्यालो बनाउँछ!

कृषि पोष्ट संवाददाता

काठमाडौँ ।

के तपाइले च्याउ खानु भएको छ ? सायद धेरैले च्याउ नखाएको भएपनि देखेका छन् । तर च्याउ पनि बिभिन्न प्रजातिका हुन्छन् । ति प्रजाति मध्धे कति खान हुन्छ भने कति खान योग्य हुँदैन । विभिन्न जातका खाने च्याउ मात्र होइन खान नमिल्ने विषालु जंगली च्याउ तपाईहरुले देख्नुभएको छ भने बिषालु च्याउ खाँदा ज्यान नै गएको पनि सुन्नुभएको छ ।

तर के तपाईंले रातको समयमा चम्किने च्याउ देख्नुभएको वा सुन्नुभएको छ ? तपाइलाई च्याउ रातमा बल्छ र पहाड नै उज्यालो बनाउछ भन्दा बिश्वास नलाग्न सक्छ । तर यो सत्य हो, जुन हाम्रो छिमेकी मुलुक भारतको गोवामा एउटा यस्तै प्रकारको च्याउ पाइन्छ । यो च्याउ रातको समयमा मात्र चम्किने गर्दछ । यो प्रजातिको च्याउ केवल २१ डिग्री देखि २७ डिग्री सेल्सियस तापक्रमको बीचमा मात्र फक्रिन्छ ।

बायो ल्युमिनिसेन्ट उक्त च्याउ गोवाका पहाडी जंगलहरुमा पाइन्छ । यो च्याउले रातको समयमा चम्किएर पहाडलाई नै झिलिमिली उज्यालो बनाइदिन्छ । माइसेना प्रजातिको यो च्याउ गोवाको वन्यजन्तु आरक्षमा अत्यधिक पाइन्छ । यो च्याउ पहिलोपटक गोवाको म्हाडेइ वन्यजन्तु आरक्षमा फेला परको हो । यो च्याउ रातको अँध्यारोमा हल्का निलो-हरियो तथा बैजनी रङमा चम्किने गर्दछ भने दिउसो अरु सामान्य च्याउ जस्तै देखिन्छ ।

जब रात पर्छ तब यो चम्किन सुरु गर्दछ । अचम्म त के छ भने दिउसोको समयमा यो च्याउलाई पहिचान गर्न सकिंदैन । त्यसैले दिउँसो पहिचान गर्न कठीन हुने भएकाले यो च्याउलाई हेर्न रातको समयमा मात्र जानुपर्दछ । यो प्रजातिको च्याउलाई दुर्लभ मानिएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏