काठमाडौँ, ५ असोज ।
आलुको मूल्य सस्तिएकोछ ।
हुम्लामा आलुको व्यवसायी खेती हुदा उत्पादनमा बृद्धि हुनु र नयाँ आलु बजारमा आएसँगै मुल्य घटेको हो । सिमकोट गाउँपालिका वडा नम्बर १ अम्मरसिंह भण्डारीले हाल आलुको मुल्य प्रतिकेजी पैतीस रुपियाँमा बिक्री हुने गरेको बताए ।
ब्यबसायीक रुपमा आलु खेती गर्दै आउनु भएका भण्डारीले नयाँ आलु बजारमा नआउदासम्म प्रतिकेजी सत्तरी रुपियाँ पर्ने भएपनि नयाँ आएसंगै आधा मुल्य घटेको बताए ।
आलु खेती घरयासी प्रयोगका लागि गरिने भएको भएपनि पछिल्लो समय आम्दानी हुन थालेपछि आलुको ब्यबसायीक खेती सुरु भएको छ । हुम्लामा यो अबधि आलुको मुख्य सिजन सुरु भएको छ।
ब्यबसायी आलु खेती गर्ने किसानको संख्या बृद्धि भएपछि प्रतिश्प्रर्धाका आधारमा आलुको मुल्य घटेको किसानले बताएका छन्।
यसरी किसानबाट किन्दा आलुको मुल्य प्रतिकेजी पैतीस रुपियाँ परेपनि बजारमा भने चालीस रुपियाँ पर्ने स्थानीय पेमा लामाले बताउदै केही समय अगाडीको तुलनामा आलुको मुल्य आधा घटेको बताए।
आलु जिल्ला भरि खेती हुने भएपनि बजारको कारण सिमकोट गाउँपालिकाका आठ वटै वडामा आलु राम्रो उत्पादन हुनेगर्छ। किसानको राम्रो उत्पादनको श्रोत आलु भएको छ। किसानहरुले पनि आलुको ब्यबसायीक खेती सुरु गर्न थालेका छन्।
फेरि बढ्यो गोलभेडाको मूल्य
सामाखुशीकी तरकारी व्यापारी सजना राई सँधैजसो आज पनि बिहानै उठेर तरकारी लिन कालिमाटी गइन्। कालिमाटीमा गोलभेडाको मूल्य सुन्दा उनी झस्किइन्। दुई चारदिन अघिसम्म एक क्योरट गोलभेडा १५/१६ सयले ल्याएकी थिइन्। आज २७ सय देखि ३ हजार भन्दा झस्किनु स्वभाविक हो।
गोलभेडा मूल्य अत्यधिक महंगो भएपछि आफूले गोल्भेंडा नै नलिई आएको बताउँछिन्।
‘कालिमाटी मै एक क्यारेटको २७ सय रूपैयाँ तिरेर ल्याउँदा त हामीलाई नै एक किलो गोलभेडा एक सय १० जति पर्न आउँछ,’ उनले भनिन्, ‘कति बिग्रन्छ, गाडी भाडा झोला कटाउँदा त सावाँ पनि उठाउनै मुश्किल हुने देखेर गोल्भेंडै ल्याइन।’ उनकाअनुसार आज बजारमा गोलभेडा उपभोक्ता मूल्य एक सय ४० देखि १ सय ७० रूपैयाँसम्म छ। केही हप्ता अघि उपभोक्ता मूल्य प्रतिकेजी १ सय देखि १ सय ३० रूपैयाँ पुगेको गोल्भेंडा गत हप्ता प्रतिकेजी ८० देखि एक सय रूपैयाँमा झेरेको थियो।
अहिले त्यो मूल्य होलसेलमै पुगेको छ।
एकहप्ताको तुलना गर्दा गोलभेडा मूल्य दोब्बरले बढेको कालिमाटी फलफूल तथा तरकारी बजारको तथ्यांकले देखाउँछ। तथ्यांकअनुसार एकहप्ता अघि ठूलो गोलभेडा अधिकतम थोक मूल्य प्रतिकेजी एक सय रूपैयाँ थियो। त्यस्तै, सानो गोल्भेंडा ४५ रूपैयाँ र टनेलको गोल्भेंडा ५५ रूपैयाँ थियो। एकहप्ता पछि गोलभेडा मूल्य दोब्बरले बढेको छ। ठूलो गोलभेडा अधिकतम थोक मूल्य प्रतिकेजी १ सय २० रूपैयाँ रहेको छ। त्यस्तै, सानो गोल्भेंडा १ सय र टनेल १ सय १० रूपैयाँ पुगेको छ।
मागअनुरूपको उत्पादन नहुँदा गोलभेडा मूल्य बढेकोे एसएन कृषि फार्मका सञ्चालक रेशम आचार्य बताए।
‘नेपाली बजारमा ५० प्रतिशत भारतीय गोलभेंडा आउँथ्यो, अहिले आउन सकेको छैन,’ उनले भने, ‘त्यही भएर मागअनुसारको उत्पादन नहुँदा गोलभेंडाको मूल्य बढेको हो।’ लकडाउनको सुरूवातमा गोलभेंडाले मूल्य नपाउनु, टप ड्रेसिङका लागि मल नहुनुले पनि उत्पादन कम भई मूल्य बढ्न गएको उनको भनाइ छ।
‘पहिले किसानले मूल्य नपाएकाले अहिले धेरेले लगाएनन्। त्यही माथि मलको पनि अभाव भयो, धेरै उत्पादन हुन सकेन,’ उनले भने।
वर्षातको सिजनमा खुला ठाउँमा गोलभेंडा उत्पादन हुँदैन। टनेलको गोलभेंडामा भर पर्नु पर्ने भएकाले गोलभेंडाको मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए। ‘वर्षातमा खुल्ला ठाउँमा गोलभेडा उत्पादन हुँदैन, टनेलको गोलभेंडाको लागत बढी हुने भएकाले पनि मूल्य बढेको हो,’ उनले भने।
गाल्भेंडाको मात्र नभई तरकारीमा अत्यन्तै प्रयोग हुने प्याज र आलुको मूल्य पनि बढ्दै गएको छ।
तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏