आधुनिक प्रविधिको ड्रागन फ्रुट – राम्रो आम्दानी

कृषि पोष्ट संवाददाता

काठमाडौं, ४ असोज ।

विगत लामो समयसम्म खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राजनीति गर्नुभएकी राई पछिल्लो समयमा भने आधुनिक प्रविधिको ड्रागन फ्रुटको खेतीप्रति आकर्षित हुनुभएको हो ।अरुणादेवी राईले यस वर्षदेखि ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी हातपार्न थाल्नुभएको छ ।

विगत लामो समयसम्म खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राजनीति गर्नुभएकी राई पछिल्लो समयमा भने आधुनिक प्रविधिको ड्रागन फ्रुट को खेतीप्रति आकर्षित हुनुभएको हो ।

गाउँमै पहिलोपटक मानव स्वास्थ्यका लागि अत्यन्त उपयोगी भिटामिन, खनिज, मिनरललगायतका औषधीय गुणहले भरिपूर्ण भएको ड्रागन फ्रुटको खेती लगाएर यो वर्षबाट उहाँले व्यवसायिक उत्पादन शुरु गर्नुभएको छ ।

चारवर्ष पहिले काठमाडाँैस्थित गोरखा मिलिनियम भन्ने गोरखा ब्रिटिस आर्मीहरुको संस्थाबाट आफुले प्रतिगोटा तीनसयका दरले किनेर ल्याएको विरुवा रापेकोमा अहिले आम्दानी दिन थालेको उहाँ बताउनुहुन्छ ।

करिव एक विगाहा जमिनमा एभोकाडो, अङ्गुर, लिची, अम्वालगायतका फलफुल पनि उहाँले लगाउनुभएको छ । गतवर्षदेखि फल्न शुरु गरेको ड्रागन फ्रुटको खेतीबाट त्यसको दाना र विरुवा विक्री गरेर यो वर्ष करिव तीनलाख रुपियाँ आफुले आम्दानी गरेको अरुणादेवी राई बताउनुहुन्छ । आफँैले यसको नर्सरीसमेत तयार पारेको र प्रतिगोटा दुईसय ५० रुपियाँको दरले ड्रागन फ्रुटको विरुवा विक्री गर्नुहुँुदै आएको उहाँको भनाइ छ ।

एकपटक लगाएपछि लगातार १५ वर्षसम्म फल दिने भएकोले यसको खेती गर्न त्यति असहज नभएको भन्दै ड्रागन फ्रुटको बजारमा माग अत्याधिक रहेको तर सो अनुसार उत्पादन गर्न नसकिएकाले यसलाई अझैँ धेरै विस्तार गर्न आवश्यक रहेको र आफुले उत्पादन गरेको रातो बोक्रा भएको ड्रागन फ्रुट घरमै प्रतिकिलोग्राम सातसय रुपियाँको भाउमा हारालुछको अवस्थामा विक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।

समुद्र सतहदेखि चारहजार पाँचसय फीटको उचाईसम्मको हावापानी र जस्तोसुकै माटोमा पनि सहजै फलाउन सकिने भएकोले मुलुकको बेरोजगारी समस्या समाधान गर्दै गरिवी निवारणका लागि ड्रागन फ्रुट खेती महत्वपूर्ण हुने तथा बाँझो जमिनमा त्यति धेरै सिंचाइको समेत आवश्यक्ता नपर्ने उहाँ बताउनुहुन्छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग रहेको नेपालको ड्रागन फ्रुटको गुणस्तरसमेत उच्च रहेकोले यसको खेतीलाई विस्तार गर्न अति आवश्यक रहेको ड्रागन फ्रुट विज्ञ राईको भनाइ छ ।

आधुनिक प्रविधिको ड्रागन फ्रुट…..
सिउँडी परिवारमा पर्ने ड्रागन फ्रुट तीन किसिमका हुने भएकोले गुणस्तरका हिसावले रातो बोक्रा र त्यसभित्र सेतो गुदिमा तीलको दानाजस्तो भएको खान मिल्ने यो सवैभन्दा राम्रो, रातो बोक्रा र भित्रको गुदी पनि रातै भएको दोश्रो र पहेलो बोक्रा र भित्र कालो गुदि भएको तेश्रो श्रेणीको हुनेहुदा ।

नेपालमा पाइने प्राय सवैजसो प्रथम श्रेणीकै भएकोले ड्रागन फ्रुटको खेतीमा सरकारी लगानी बढाउन अति नै आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

क्याल्सियम, कार्वाेहाइड्रेट, प्रोटिन,भिटामिन, खनिज र विभिन्न १३ किसिमका फलफुलहरुमा पाउन सकिने मिनरलसहित क्यान्सर रोगको निदानको लागि पनि उपयोगि रहेको ।

यो फल थाइल्याण्ड, मलेसिया, भियतनाम र इजरायलमा धेरै लोकप्रिय भए पनि नेपाली बजारमा भने यो नयाँ कुरा भएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏