कसरी गर्न सकिन्छ गान्टे मुला खेती ? मनग्य कमाउने एक नेपाली किसानको कथा सहित

कृषि पोष्ट संवाददाता

गान्टे मुला स्वास्थ्यका हिसाबले एकदमै राम्रो मानिन्छ । यसको खेती विश्वभर नै हुने गरेको छ । सुपरफुडको रुपमा मानिने यो फलको फाइदाहरु धेरै छन् । नेपालमै पनि यो फललाई लोकल कुखुराको मासुसंग मात्रै नभएर अन्य थुप्रै परिकारसंग मिसाएर खाने चलन छ । यो फलमा फाइबर, क्याल्सियम, मेगेजिन र फोलेट जस्ता भिटामिनहरु पाइन्छ । स्वस्थ्यवर्धक मात्रै नभएर किसानको आम्दानीको राम्रो स्रोतको रुपमा पनि यसलाई लिइन्छ ।
राजधानीकै हरेक गल्लीहरुमा यस्ता गान्टे मुला विक्री गर्न भक्तपुरका किसानहरु आउने गर्छन । तर यो गान्टे मुला कुन समय र कस्तो अवस्थामा फल्छ भन्ने हामीलाई धेरै थाहा नभएको हुन सक्छ । भारतीय कृषि मिडिया कृषिजागरणकालागि केजे स्टाफले तयार पारेको गान्टे मुला प्रविधिबारे हलोखबरकालागि प्रज्ञान श्रेष्ठले गरेको सम्पादीत अनुबाद :

गान्टे मुला खेति आवश्यक मौसम
-१० देखि १६ डिग्रि सेल्सियस उपयुक्त । -गान्टे मुला खेतिको लागि कम्तिमा ६ देखि ८ घन्टाको सुर्यको किरण चाहिन्छ ।-सबै भन्दा राम्रो ओसिलो ठाँउमा फल्छ ।

आवश्यक माटो
-धेरै किसिमको माटोमा यो फल फलाउन सकिन्छ । -सबै भन्दा राम्रो माटो भनेको धेरै मल भएको र ओसिलो माटो भएको हुनु । -धेरै भारी वा धेरै हलुका माटो ठिक हुदैँन ।

जमिन
-ज्मिन झारबहन विहिन हुनुपर्छ । -माटो मल र कुइएको कुराबाट भरिपूर्ण हुनुपर्छ ।
रोपन
-एशियन गान्टे मुलालाई जुलाईदेखि सेप्टेम्बरसम्म ठिक हुन्छ -युरोपियन खालकोलाई अक्टोबरदेखि डिसेम्बरसम्म रोप्न लायक हुन्छ।-रोपनको लागि प्राय फल्याटबेड प्रयोग गरिन्छ ।
स्पेसिङ -यस्को बीउ एकअर्कामा ३० सीएम को दुरीमा रोप्नुपर्छ । -एउटा लाइनदेखि अर्को लाइन बिच ६ देखि ७ सिएमको दुरी हुनुपर्छ ।-रोपनको गहराई १.५ सीएम हुनुपर्छ । -सम्मान खेतिको लागि, बिउ बलुवासँग मिसाउन पर्छ

मलहरु -एफ.वाइ.एम -नाइट्रोजन-फोजफोरस-पोटासियम

सिचांइ
-बीउ माटोमा हाल्ने बित्तिकै पानी हाल्न पर्छ ।-त्यसछि ८–१० दिनको बेलामा पानी हाली राख्नपर्छ ।

कटाइ
-जब गान्टे मुलाको जराहरु राम्रो रुपमा आएपछि काट्नको लागि योग्य हुन्छ । -यो ६ देखि १० सि एम भएपछि निकाल्न सकिन्छ ।-प्राय गान्टे मुलाको कटाई बेलुका गरिन्छ ।

सिन्धुपाल्चोकस्थित गान्टे मुला विक्रेता चन शेर्पाको एउटा कथा पत्रकार देवारज सुवेदीबाट
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ फुस्रेका ५२ वर्षीय चन शेर्पा उज्यालो नहुँदै गह्रौं भारी बोकेर चौतारा आई पुग्नुहुन्छ । उहाँ चौतारा बजारसम्म आईपुग्न चारघण्टाको पैदल हिंडेर आउनुपर्छ । आफू समेत परिवारका तीन सदस्यले डोकोमा बोकेको तीनभारी गान्टे मुला बजार पुग्न नपाउँदै क्षणभरमै सकिन्छ ।

गान्टेमुला बिक्री गर्न चनलाई धेरै समय कुर्नु पर्दैन । एकैछिनमा ग्राहकको भिड लाग्छ । प्रति मुठा ४० रुपैंयामा बिक्री गरेर तीनभारीको ७ हजार कम्मरको थैलीमा बाँधेर सबेरै घर फर्कनुहुन्छ उहाँ । चनको दैनिकी नै हो, यो ।

ओख्रेनीको गान्टे मुला धेरैले मन पराएका छन् । समुन्द्र सतहदेखि झण्डै तीनहजार उचाईमा रहेको सदरमुकाम नजिकको ओख्रेनी, फुस्रे र सिंर्धुचे निकै चिसो ठाउँ हो । गान्टेमुला बिक्री गर्न चनलाई धेरै समय कुर्नु पर्दैन । एकैछिनमा ग्राहकको भिड लाग्छ ।

चिसो ठाउँमा उत्पादित मुला निकै स्वादिष्ट भएकाले तरकारी र सलादको लागि बढी बिक्री हुने गरेको व्यवसायी शेर्पाले बताउनुुभयो । शेर्पाले यो व्यवसाय गरेको तीन दशक भईसक्यो । उहाँले एक रोपनी जग्गामा गान्टेमुला लगाउनुभएको छ ।

गान्टेमुला बिक्री गरेर एक सिजनमा ५० हजार भन्दा माथि आम्दानी हुने शेर्पा बताउनुहुन्छ । अर्गानिक उत्पादन गान्टेमुलाका लागि धेरै लगानी गर्नु नपरेको भन्दै उहाँले थोरै क्षेत्र र थोरै लगानीमै उत्पादन गर्न सकिने बताउनुभयो ।

गान्टेमुला मात्रै नभइ आफूले आलु खेति समेत गरेको र आलुमा समेत निकै फाइदा भएको उहाँको भनाइ छ । गान्टेमुला तथा आलुमा गाईबस्तुको मल बाहेक रासायनिक मलको प्रयोग नगरिने चन बताउनुहुन्छ ।

‘पहिला पहिला चामलसँग मुला र आलु साट्न घर घरमै मान्छे आउँथे । अहिले आफैं बेच्न आउने गरेको छु ।’ चनले भन्नुभयो । गान्टेमुला बिक्री गरेर एक सिजनमा ५० हजार भन्दा माथि आम्दानी हुने शेर्पा बताउनुहुन्छ ।

उहाँका अनुसार निकै चिसो हुने लेकमा उत्पादन कम हुनाले अन्नसँग साट्ने प्रचलन थियो । तर पछिल्लो पटक खाद्यान्न गाउँमै पुग्न थालेपछि नगदमै कारोबार गर्न थालेका छन्, शेर्पा समुदायले । ओख्रेनी, खस्रे, फुस्रे लगाएतका स्थानमा सडकको नयाँ ट्र्याक खोलिएपनि बर्षातका कारण यातायात सूचारु नहुँदा पैदलै हिड्नुपर्ने बाध्यता छ, शेर्पा समुदायलाई ।

उपभोक्ताले निकै रुचाएको लेकाली आलु र गान्टे मुलाको बजारिकरण र व्यावसायिक खेतिका लागि नगरपालिकाले योजना समेत बनाएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले बताउनुभयो ।

जिल्लामा आईपुग्ने निउरो समेत हिजोआज धेरै उपभोक्ताले रुचाएका छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏