माछा पालन गर्ने हो ? प्रस्ताव पेश गर्नुहोस

कृषि पोष्ट संवाददाता

बुटवल ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देहीले आर्थिक वर्ष ७७ /७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि परियोजना कार्यन्यवन ईकाई रुपन्देहीले सूचिकृत भएका कृषक समुह, कृषि सहकारी, संस्था, जल उपभोक्ता समिति एवं उद्यमीलाई आवश्यक कागजतात सहित सूचना प्रकाशित भएको मितिले एक महिना भित्र आवेदन पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. गहुँका बीउवृद्धि कार्यक्रम
२. जोन प्रभाव क्षेत्रमा गहुँको क्षेत्रफल विस्तार
३. मत्स्य पोखरी निर्माण
४. स्थानीय तहको लागत सहभागितामा बीउ श्रोत केन्द्र स्थापना
५. चक्लावन्दी पकेट व्लक जोन संचालनको लागि सहकारी र नीजि क्षेत्रबाट माग भएको योजना कार्यान्वयनमा सहयोग ।

थप जानकारीका लागि :

०७१ – ५२०९१७, ०७८ – ४१५०८१

सूचना हेर्नुहोस :

कृषि पत्रिका बाट साभार

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏