काठमाडौँ ।
हामीले अधिकांश भैँसीले कालो रङको पाडो नै जन्माएको देखेका छौँ होला । तर हालै सार्वजनिक भएको एक घटनामा भने भैँसीले एक सेतो रङको पाडो जन्माएको छ ।
भैसीले कालो पाडो रपाडी मात्रै जन्माएको देखेका मानिसहरुबीच सो पाडोको तस्वीर ‘भाइरल’ बनिरहेको छ ।
अमेरिकाको मोन्टानामा एक ‘दुर्लभ पाडो’ जन्मिएको हो । यसको नाम ‘ह्वाइट बफेलो मेडेन’ राखिएको छ । मानिसहरु यसलाई भगवानको चमत्कार मानिरहेका छन् ।
वैज्ञानिक पनि यसलाई एक चमत्कार मानिरहेका छन् ।
यस्तो घटना १ मिलियन भैँसीमा एकमा मात्र देखिने वैज्ञानिकहरुले बताएका छन् । अहिले यसको फोटो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏