लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख !

कृषि पोष्ट संवाददाता

काठमाडौँ ।

कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट(औषधीय गुण भएका वनस्पति)को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ । अधिकांश औषधीजन्य वनस्पति ३ देखि ६ महिनाभित्र तयार हुन्छ । यसपछि यी वनस्पतिबाट लगातार आम्दानी हुुन्छ । यदि तपाईले तुलसीको खेती गर्नुहुन्छ भने २० देखि ४० हजारसम्मको लगानीमा तपाईले केबल ३ महिनामा ४ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्नुुहुन्छ ।

३ महिनामै तयार हुन्छ तुलसीलाई हिन्दूहरुले विशेष गरी धार्मिक दृष्टिकोणले महत्वपूर्ण ठान्छन् । तुलसीको पूजा गर्नु, मानिस मरेलगत्तै तुलसीको मोठमा लगेर शवलाई राख्नु लगायतले समेत यो वनस्पति कति महत्वपूर्ण छ भन्ने देखिन्छ । धार्मिक मान्यता अनुसार तुलसीको जति महत्व छ, यसको औषधीय गुणका कारण बजारमा अझ ठूलो महत्व र डिमाण्ड छ । लामो समयदेखि धेरै औषधि उद्योगहरुले तुलसीबाट उत्पादन हुने तेललाई विभिन्न औषधीहरुको निर्माणमा प्रयोग गरिरहेका छन् । तुलसीको खेती चैत वा बैशाखबाट सुरु गर्न सकिन्छ । यसको खेती बिज वा हाँगालाई कलमी गरेर समेत गर्न सकिन्छ । एक हेक्टरमा यसको खेतीका लागि लगभग १० किलोग्राम जति बिउको आवश्यकता पर्छ । तुलसीको बोट निकै कठोर हुन्छ, जसका कारण सानातिना रोगले यो वनस्पतिलाई छुन सक्दैन । रोपेको ८० देखि ९० दिनसम्म तुलसी बिक्रीका लागि तयार हुन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏