दिल्लीको प्रति किलो टमाटरको मूल्य सुन्दा मात्र चकित

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

भारतको राजधानीमा टमाटर किलोमा १३० रुपैंयाँसम्म पुगेको छ । दिल्लीका मानिसहरू कोरोना संकटमा टमाटरको मूल्य देखेर चिन्तित छन् । टमाटरको खुद्रा मूल्य राष्ट्रिय राजधानीमा आकाश छुन पुगेको छ ।टमाटरको मूल्य प्रति किलोग्राम १३० देखि १४० रुपैयाँ आपास पुगेको छ । यो भनिएको छ कि आपूर्ति को अभावका कारण, टमाटरको मूल्यमा वृद्धि भएको हो ।शनिबार खुद्रा बजारमा टमाटर प्रति किलोग्राम १४० रुपैंयाँसम्म पुगेको थियो ।

यद्यपि गुणवत्ता र क्षेत्रको आधारमा मूल्यमा फरक देखिएको जनाइएको छ । सरकारी तथ्याङकको बारेमा कुरा गर्दा, दिल्लीमा टमाटरको मूल्य ९६ रुपैंयाँ ७० पैसा प्रति किलोग्राम थियो । एशियाको सबैभन्दा ठूलो तरकारी बजार मानिएको आजादपुर मन्डीमा टमाटरको मूल्य ६४ देखि ९७ रुपैयाँ थियो ।

कोरोना भाइरस महामारीका कारण यस पटक दक्षिण भारत र महाराष्ट्रमा टमाटरको खेती थोरै मात्रामा भएको छ । जानकारहरुका अनुसार मूल्य थप बढ्ने अपेक्षा गरिएको छ । वर्षाले बालीनालीलाई पनि असर गरेको छ । विज्ञहरू भन्छन कि लकडाउनमा कृषकहरूले प्रति किलोग्राम १ देखि ३ रुपैयाँसम्ममा टमाटर बेच्नु परेको थियो ।दिल्लीका निजी व्यापारीहरूले टमाटर उत्पादन गर्ने क्षेत्रबाट पर्याप्त मात्रामा आयात नभएको जनाएका छन् ।

जूनदेखि टमाटरको आयातमा सामान्य वृद्धि भएको छ । यद्यपि केही विज्ञहरू यो पनि भन्छन कि आउने १५ दिनमा स्थिति सामान्य हुनेछ । आधिकारिक तथ्याङकको बारेमा कुरा गर्दा, भारतले वार्षिक झण्डै २ करोड टन टमाटर खान्छ, जबकि कुल उत्पादन १ करोड २० लाख टन आसपास मात्र हुन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏