खुम्पे कीराको प्रकोप

कृषि पोष्ट संवाददाता

परिचय

यस कीरा खपटे समुहमा पर्ने एक विनाशकारी शत्रुजीब हो l खुम्रेकीरा सर्बहारा प्रवृतिको कीरा हो l यस कीरा अन्न बाली र औद्योगिक बालीको आर्थिक क्षति गर्ने महत्वपूर्ण कीरा हो l यस कीराको प्रकोप तराई देखि हिमाली भेग सम्म देख्न सकिन्छ l l

क्षति गर्ने बाली : आलु,उखु , मकै, कोदो , गहुँ र अन्य तरकारी बालीहरु

पहिचान
• खुम्रे कीराहरू थुप्रै खपटे प्रजातिका कीराहरूको लार्भा हुन् • यसस कीराको वयस्क चिल्लो र टल्किने खालका ,करिब १२ -२५ मिमि लामो, हल्का खैरो देखि गाढा खैरो रङका , राम्रो संग बिकशित भएको खैरो रङ्गको टाउको र ३ जोर खुट्टा हुन्छन् l • यस कीराको लार्भा माटोमा बस्ने कीराहरू भन्दा फरक सेतो, अंग्रेजी ‘सी’ (C) आकारको , पेटको अन्तिम भाग सम्म सुनिएको र राम्ररी बिकाश भएको ३ जोर खुट्टा हुन्छन् l यस्ता गुणहरु यस कीराको पहिचानका विशेष आधारहरु हुन् .

बालीको क्षति
• खुम्रे कीरा धेरै प्रकारका बाली क्षति गर्ने कीरा हो | यसको लार्भा र वयस्क दुवै हानीकारक हुन्छन् l • यस कीराले जमिनमुनिका बोटबिरुवाका भागलाई आक्रमण गर्ने गर्दछ l• जमिनमुनिका भाग बिशेष गरी (जरा) ,डाठहरुमा क्षति पुर्याउने हुँदा माथिल्लो भागहरुमा बोट ओइलाउने , पातहरु पहेंलिने र बिस्तारै मर्ने जस्तालक्षणहरु देखिन्छन् l• विशेष क्षति गर्ने खुम्रे कीराको लार्भा हुन् भने वयस्कले पनि रातिको समयमा बोटविरुवाको पात खाएर क्षति पुर्याउछन् l

व्यवस्थापन
• माटो र बालीमा देखिएको कीरालाई टिपेर नष्ट गर्ने • बिउ लगाउनु अघि खेतलाई गहिरो संग जोत्नु, जसले गर्दा गहिरो सतहमा आएका कीरालाई माटोको सतहमा ल्याउन सहयोग गर्छ र विभिन्न कीरा र चराहरुको शिकार भई नष्ट हुन्छन् l • खेतमा राम्ररी पाकेको गोबर मलको प्रयोग गर्ने • खेतको विभिन्न ठाउँमा प्रकाश पासोको प्रयोग गरी वयस्क कीराहरूको नष्ट गर्ने • खेतलाई बाझो नराख्ने र सरसफाई कायम राख्ने • धेरै क्षति हुने बाली ( काउली वर्ग, आलु आदि ) लाइ थोरै क्षति हुने बाली ( लसुन, प्याज, गोलभेडा ) संग लगाउने जसले हानीलाई कम गराउँछ l • रोगको संक्रमण मार्फत कीरा व्यवस्थापन गर्ने विधि अनुरुप हरियो ढुसी (Metarrhizium anisoplae) र सेतो ढुसी ( Beauveria basiana) १ किलोग्राम लाइ २५ के.जी. गोबरमलामा मिसाई जमिनको तयारी गर्ने बेलामा माटोमा राख्ने • अन्तिम विकल्पको रुपमा विषादीको प्रयोग गर्ने
जस्तै : बिउ छर्नु अघि Dursban (Chloropyriphos) १० % G २०-२५ के.जी. प्रति हेक्टर माटोमा प्रयोग गर्ने

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏