मधुमेह रोगीका लागि सुपको सागका यति धेरै फाइदा

कृषि पो्ट संवाददाता

SONY DSC

वानस्पतिक नाम Anethem graveolens, परिवार Apiaceae मा पर्ने यसलाई Dill Leaves पनि भनिन्छ । यो सागमा Vitamin A, Thiamine(B1), Riboflavin(B2), Niacin(B3), pantothenic(B5), Vitamin(B6), Folate(B9), Vitamin(B12), Vitamin C लगायत Calcium, Iron, Magnesium, Manganese, Phosphorus, Potassium, Sodium, Zinc, Copper जस्ता खनिज पदार्थहरु प्रचुर मात्रामा पाईन्छ ।
मधुमेहका रोगीहरुले मधुमेह नियन्त्रणका लागि र ईन्सुलिन निर्माणका लागि आफ्नो खानपानमा ध्यान पुर्याउनु आवश्यक छ । हाम्रो भान्सा र करेसा बारिमा पाईने मसला र सागसब्जीहरु मधुमेह नियन्त्रणका लागी उपयोगी रहेकाछन् । तिनै मध्येको एउटा साग हो, सुपको साग ।
परम्परागत रुपमा यसको प्रयोग महिलाहरुले जिउ दुखेका बेला सागको रुपमा खाने बाहेक अन्य प्रयोग त्यति पाईन्न ।

अमेरिकी बोटानिष्ट डा‍ जेम्स ड्युकका अनुसार सुपको सागमा ७० प्रकारका रसायनहरु पाईन्छ । अध्ययन अनुसार सुपको पातमा भएका कतिपय रसायनका कारण टाईप २ डायबिटिजको उपचारमा यो साग सहायक मानिएको छ । यस बाहेक शरिर सुन्निने दुख्ने गरेमा Glucocorticoid Therapy का लाग॥ पानि यसको उपयोग गरिन्छ । जसले शरिरमा रहेको Hyperglycemia लाई नियन्त्रित गर्दछ । त्यसैले सुपको पातको रस बनाएर पिउने गर्नाले ईन्सुलिको मात्रामा हुने उतार चढावलाई नियन्त्राण गर्नुका साथै ब्लड सुगरलाई पनि नियन्त्रणमा राख्दछ । साथै यसले थाईरायडलाई समेत नियन्त्रित गरि Immunity System लाई समेत बलियो बनाउदछ ।

कसरी खाने सुपको साग
१. सुपको पातलाई तरकारिको रुपमा भान्सामा प्रयोग गर्दछाै । यस बाहेक यसको पातको रस बनाएर थोरै कागतीको रस र स्वाद अनुसार बिरे नुन ( Black Salt) मिलाएर बिहान बेलुका एक एक गिलास खाने गरे मधुमेह रोग नियन्त्रणमा निक्कै सहयोग पुग्दछ ।
२. सुपको साग कांच्चै पनि खान सकिन्छ । यसको बियांलाई दाल तरकारी वा अचार अादीमा झान्नमा पनि प्रयोग गर्न सकिन्छ । सुपको धुलो बनाएर दाल वा तरकारिमा मसलाको रुपमा पनल प्रयोग गर्न सकिन्छ ।
३. तपाईंले, टाईप २ डायबिटिजको रोगी नभए पनि सुपको बियां अथवा सागलाई नियमित अाफ्नो खानामा सामेल गर्ने गर्नु भो भने यसले तपाईंको ईन्सुलिनको स्तरमा हुने गडबढीलाई नियन्त्रित गर्दछ ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏