किन बढ्दो छ कडकनाथ कुखुराको माग ? अण्डा र रगत पनि कालै !

कृषि पो्ट संवाददाता

एजेन्सी ।

भारतमा कडकनाथ कुखुराको मासु बिक्रीको जिम्मेवारी सरकारले लिएको छ । संसारभर कडकनाथ कुखुराको माग ह्वात्तै बढेसँगै भारत सरकारले आफैले खरिद गरेर बिक्री थालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मध्यप्रदेशको भोपालमा सरकारले चिकन पार्लर खोलेको छ । जहाँ कडकनाथ कुखुराको मासु उपलब्ध हुन्छ । भारतको मध्यप्रदेशको आदिवासी क्षेत्रमा मात्र पाइने कडकनाथ कुखुराको मासु अहिले संसारभर माग छ ।

मध्यप्रदेशका आदिवासी युवालाई रोजगारी दिन र शुद्ध मासु आम उपभोक्ता तथा विश्व बजारमा पुर्याउनका लागि सरकारले आफै पहल लिएको हो । सरकारी पार्लरमा शुद्ध मासु र अण्डा पाइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कडकनाथ कुखुराको माग विश्व बजारमा ह्वात्तै हुनुकोपछि यसको मासुमा पाइने तत्व नै हो । कडकनाथमा प्रोटिन २४ प्रतिशत पाइन्छ भने अन्य कुखुराको मासुमा जम्मा १८ प्रतिशत पाइन्छ । फ्याट कडकनाथमा धेरैमा २ दशमलब ६ प्रतिशत पाइन्छ भने अन्यमा २५ प्रतिशतसम्म पाइन्छ ।

कोलेष्ट्रोल पनि अत्यन्तै कम भएकाले यो कुखुराको मासु विश्व बजारमा माग आएको सरकारले जनाएको छ ।

कडकनाथ कुखुराको मासु, अण्डा मात्र नभएर रगत पनि कालै हुन्छ । आम कुखुराको शरीर कालो भए पनि रगत रातो हुन्छ । अन्य कुखुराको मासु पाक्नका लागि २० मिनेट लाग्छ भने यो कुखुराको मासु पाक्नका लागि ४० मिनेट लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कडकनाथको मासु सेवन गर्दा सेक्सुअल पावर बढ्ने मान्यता रहेको छ । यसको स्वाद पनि फरक हुन्छ । शक्तिवर्धकको रुपमा भारतीय कृषि वैज्ञानिकले यसको सिफारिस गरेका छन् ।

मध्यप्रदेशमा आदिवासी क्षेत्रमा पाइनले यो कुखुरा अहिले व्यवसायिक उत्पादनमा केन्द्रित भैसकेको छ । सरकारले शिकार र खरिद बिक्रीमा प्रतिबन्ध लगाएको थियो । तर अहिले आदिवासी जनजातिको मागलाई सम्बोधन गर्दै व्यवसायिक उत्पादन र बजारमा समेत सघाइरहेको छ ।

स्थानीय भाषामा कडकनाथ कुखुरालाई कालीमासी भनिन्छ । यसको मासुमा भिटामिन बी १, बी २, बी ६ र बी १२समेत भरपूर मात्रामा पाइन्छ ।

मुटुरोग र चिनीरोगका बिरामीले समेत यसको सेवन गर्दा फाइदा हुने चिकित्सकहरु बताउँछन् । स्थानीय व्यक्तिले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई टिम इन्डीयाको खानाको तालिकामा कडकनाथको मासु राख्न माग गरेका छन् ।

भारतको मध्यप्रदेशमा कडकनाथ कुखुराको मासु प्रतिकिलो २००० रुपैयाँ पर्छ । सिंगो कुखुराको मुल्य झण्डै ६ हजार पर्ने स्थानीयले बताएका छन् ।

कडकनाथ कुखुराको अण्डाको प्रतिगोटा मूल्य ५० रुपैयाँ भारतीय अर्थात ८० रुपैयाँ नेपाली पर्छ ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏