खानालाई स्वादिष्ट बनाउनेदेखि औषधीय गुण भएको अदुवाका यी हुन् अनेक फाइदा

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

हरेक नेपालीको भान्छामा दिनहुुँ अदुवाको प्रयोग गरिन्छ, चाहे त्यो खानालाई स्वादिस्ट बनाउनका लागि होस् या त खोकी लाग्दा औषधिको रूपमा । अदुवामा पाइने विभिन्न पोषण तत्वका कारण हिजोआज अदुवाको प्रयोग विभिन्न महिला तथा पुरुषले आफ्नो सुन्दरता बढाउन प्रयोग गर्दछन्। व्यक्तिको शरीर र मस्तिष्कलाई शितल राख्ने अदुवा सम्पूर्ण शरीरको लागि निकै लाभदायीक मानिन्छ।

साधारण भान्छा देखि सामान्य बजारमा पाइने अदुवामा एन्टिफंगल, एन्टिब्याक्टेरियल तत्व पाइन्छ जसले शरीरमा विभिन्न संक्रमण हुनबाट जोगाउँदछ। यसमा पाइने फाइबर, क्याल्सियम, म्याग्नेसियम, म्याग्निज, जिङ्क, फसफोरस, सोडियम, आईरन र भिटामिन बि ६, इ, वान, टु र भिटामिन फाइब सहित अनेकौं खनिज तत्व स्वस्थका लागि धेरै फाइदाजन हुने गर्दछ।

अदुवाका फाइदाहरु

– अदुवा चपाएर खाँदा खाना चाँडै पच्ने र पाचन प्रणालीको पनि सुधार हुने गर्दछ । अदुवाको ताजा रस वा यसलाई चियालमा मिलाएर पिउँदा पेटका विभिन्न समस्याहरु समाधान हुने गर्दछ ।

– दाँतमा किरा लागेर दुख्ने समस्या छ भने पनि अदुवा चपाउँदा दुखाइ कम हुनुका साथै दाँतको किरा पनि नाश हुने गर्दछन ।
– मधुमेहका बिरामीलाई अदुवा निकै फाइदाजनक हुने गर्दछ, यसलाई चपाएर खाएमा शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण हुने गर्छ।

– स्मरण शक्ति बढाउन समेत अदुवा निकै लाभदायीक मानिन्छ । दैनिकरुपमा अदुवालाई मुखमा राखेर चपाएमा स्मरण शक्ति बढ्नुका साथै यसले मष्तिस्कको स्वास्थ्यलाई राम्रो राख्दछ।

– अदुवाको रसलाई दैनिकरुपमा आफ्नो कपालको जरामा लगाएर हल्का हातले मालिस गरेमा कपाल झर्ने समस्या कम हुनुका साथै यसले कपाललाई बलियो बनाउँद छ।

– चिसो लागेर नियमित खोकी र कफ आउने समस्याले ग्रसित हुनुहुन्छ भने अदुवाको सेवनले यसलाई ठिक पार्दछ। यसको लागि अदुवालाई मह र तुलसीको पातमा मिलाएर खाँदा खोखी तथा छातीमा काफ जमेको समस्या निको हुने गर्दछ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏