क्षयरोग देखि मुटुरोगसम्म ठिक पार्ने चिचिन्डोको ५ आश्चर्यजनक फाइदा

कृषि पो्ट संवाददाता

काठमाडौँ।

नेपालको सबै भूभागमा पाइने चिचिन्डोको स्वास्थ्यामा आश्चर्यजनक फाइदा रहेको छ। चिचिन्डो एक प्रकारको जडीबुटीका साथै नेपाली भान्छाको राम्रो शब्जी हो। प्राय; वर्षायाममा पाइने चिचिन्डो खानामा स्वादिस्ट मात्र नभएर यसले स्वास्थ्यका लागि अनेकौं फाइदा गर्दछ। चिचिन्डोको सेवन थुप्रै औषधीय गुणहरूको लागि गरिछ। चिचिन्डोका लहरा धेरै लामा हुन्छन् जसमा धेरै हाँगाहरु हुन्छन्। जसका कारण यो चारैतर्फ फैलिने गर्दछन।

चिचिन्डोको फाइदाहरु

– कब्जियत लाइ आराम : चिचिन्डोको शब्जी कब्जियत भएका बिरामीहरुका लागि लाभदायक हुन्छ। चिचिन्डोको पात तथा फलबाट बनेको शब्जीले पाचन प्रणालीको सुधार गर्दछ साथै यसमा प्रशस्तरुपमा पाइने फाइबरका कारण कब्जियतको समस्यालाइ निर्मुल गर्दछ।

– क्षयरोगको लागि उपयोगी : चिचिन्डोमा भएका विशेष खनिज तत्वका कारण यसले क्षयरोगको जोखिम गर्दछ। यसको नियमित रुपमा सेवन गर्दा क्षयरोगका विभिन्न लक्षणहरुलाइ कम गर्दछ। यसमा पाइने एन्टीब्यक्टेरियल तत्वले छातीका विभिन्न संक्रमणहरुलाई कम गर्दछ।

– छालाको संक्रमणबाट बचाउने : चिचिन्डो एक हरियो साग शब्जी हो, जसमा प्रशस्त रुपमा भिटामिन ए, बि ६, सी र इ पाइने गर्दछ। यसको नियमित सेवनले छालाको समस्यालाई मात्र नभएर हांडजोर्नी का समस्यालाई पनि ठिक पार्ने गर्दछ।

– प्रतिरक्षा प्रणालीको विकास: सारा विश्वभर कोरोनाभाइरसको महामारी फैलिएको छ। यस्तो अवस्थामा मानिसले जहिले पनि आफ्नो प्रतिरक्षा प्रणालीको सुधार गर्ने चाहाना गर्दछ। यसैगरी, चिचिन्डोको शब्जीलाई दैनिक रुपमा सेवन गर्दा थुप्रै किसिमका खनिज तत्व पाइञ्छ जस्तै भिटामिन ए, बि ६, सी र इ जसले प्रतिरक्षा प्रणालीलाई सुधार गर्नुका साथै बलियो बनाउदछ।

– किटो डाइट तथा मुटुरोगको लागि फाइदाजनक : चिचिन्डोमा कोलेस्ट्रोलको मात्रा एकदम कम हुनेगर्दछ, जसले शरीरको रगतबाट अनावश्यक सोडियमको मात्रालाई कम गरी मुटुको स्वास्थ्यलाई ठिक राख्दछ। चिचिन्डोलाई अहिले मानिसहरुले किटो डाइटमा पनि समावेश गर्ने गरेका छन्। चिचिन्डोमा पाइने कम कार्भोहाइड्रेट र क्यालोरीका कारण महिलाहरुको किटो डाइटमा चिचिन्डो एक सर्वश्रेष्ठ शब्जी बनेको छ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏