दैनिक स्याउ खानुका फाइदा

कृषि पोष्ट संवाददाता

काठमाडाैं ।

स्याउ चिसो हावापानी भएको स्थानमा पाइने फल हो । सामान्यतया यसको रंग रातो वा हरियो हुन्छ । नेपालको कर्णाली अञ्चलमा विशेष गरी जुम्ला जिल्लामा प्रशस्त मात्रामा स्याउ पाइन्छ।यसलाई कर्णालीमा आर्थिक विकासको आधार पनि मानिन्छ। यो स्याउ खेतीलाई आधुनिक तरीकाले बगैंचा प्रणालीलाई स्तर उन्नति गरी प्रयोगमा ल्याउन सकेमा यसले देशकै आर्थिक विकासलाई पनि टेवा पुर्याउन सक्छ।स्याउ खानु स्वास्थ्यका लागि फाइदाजनक कुरा हाे। तर पनि हामी विभिन्न कारणले गर्दा स्याउ खानबाट चुकिरहेका हुन्छाैं। अधिकांश मानिस सुर्ती, चुराेट, जाँड, रक्सी लगायतका हानिकारक चिजमा पैसा खर्च गरिरहेकाे हुन्छन्। त्याे पैसाले बरु स्याउ किनेर दैनिक खाने गरेमा स्वास्थ्यलाई फाइदा गर्छ।

दैनिक स्याउ खानुका फाइदाहरुः

१. पार्किंसन्स रोग लाग्नबाट बचाउँछ

एक अध्ययनका अनुसार ज्यादा फाइबरयुक्त फल खाँदा दिमाख स्वस्थ रहन्छ । जसले फाइबर युक्त फल खान्छ त्यसलाई पार्किंसन्स रोग लाग्ने सम्भावना कम हुन्छ । पार्किंसन्स दिमाखको बिरामी हो । स्याउ खानाले उक्त रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

२. दाँत स्वस्थ रहन्छ

दाँतलाई सफा र स्वस्थ राख्न चाहानु हुन्छ भने दैनिक स्याउ खानुहोस् । यस्तै स्याउ खानाले दाँतमा लागेका दाग र फोहोरहरु पनि हटाएर सफा र चम्किलो बनाउने काम गर्छ । स्याउ खानाले मुखमा धेरै मात्रामा र्याल उत्पन्न गराउँछ, जसले गर्दा दाँत बलियो र सफा राख्न मद्दत गर्छ ।

३. क्यान्सरबाट बच्न सकिन्छ

स्याउले क्यान्सर जस्तो ज्यान लिने रोगबाट बचाउने काम गर्छ । अमेरिकामा भएको एक अनुसन्धानका अनुसार जुन फलमा एन्टीआक्सीडेन्टस हुन्छ त्यसको सेवनले क्यान्सर लाग्न सक्ने जोखिमलाई कम गर्छ । स्याउ खानाले स्तन, कलेजो जस्तामा क्यान्सर हुने सम्भावना निकै कम गर्छ ।

४. मधुमेह हुन दिँदैन

एक नयाँ अध्ययन अनुसार हर दिन एउटा स्याउ खानाले डायबिटीज बढ्ने सम्भावना २८ प्रतिशत कम हुन्छ । स्याउमा पाइने घुलनशील फाइबरले रगतमा हुने सुगरको मात्रालाई नियन्त्रण गर्छ ।

५. अल्जाइमरबाट बचाउँछ
एक नयाँ अध्ययन अनुसार दैनिक स्याउ वा स्याउको जूस सेवन गर्नाले अल्जाइमरबाट बचाउन सहयोग गर्छ । साथै उमेर अनुसार मस्तिष्कमा पर्ने नकारात्मक प्रभावलाई पनि कम गर्छ ।
६. कोलेस्ट्रोलको मात्रा कम गर्छ

स्याउमा घुलनशील फाइबर धेरै मात्रामा हुन्छ । यसले शरीरमा बोसो लाग्नबाट जोगाउँछ र रगतमा कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ । जस कारण तपाईं निकै स्वस्थ रहन सक्नुहुन्छ ।
७. मुटुलाई स्वस्थ राख्छ
एक नयाँ अनुसार स्याउको सेवनले मुटुको धमनीलाई सन्तुलित रुपमा सञ्चालन गर्न सहयोग गर्छ । यसको सेवनले मुटुमा अतिरिक्त दबाब पर्न नदिने र रक्त प्रवाहलाई सुचारु गर्न मद्दत गर्छ ।

८. पित्तको पथरीबाट बच्न सकिन्छ
पित्तमा तरल रुपमा जम्मा हुने कोलेस्ट्रोलका कारण पित्त पथरी हुने गर्छ । पित्त पथरी हुनबाट जोगिन चिकित्सकहरुले यस्तो आहारा खान सल्लाह दिन्छन् कि जसमा फाइबर धेरैमात्रा भएको होस् । यसर्थ स्याउको सेवनले पित्त पथरी हुन बाट जोगिन सकिन्छ । साथै शरीरको तौललाई नियन्त्रण राख्नेदेखि लिएर कोलेस्ट्रोलको मात्रालाई पनि सामान्य बनाउँछ ।

९. डायरिया र कब्जियत हुनबाट जोगाउँछ

के तपाईं डायरिया र कब्जियको बिमारी हुनुहुन्छ । यदी हो भने दुईवटै रोगको निदानका लागि स्याउमा पाइने फाइबर तपाईंको सहयोगी हुन सक्छ । फाइबरले शरीरमा पानीको प्रवाह बढाएर तपाईंको कब्जियतलाई निको पार्न सहयोग पुर्याउँछ । यस्तै स्याउ खानाले डायरिया हुनबाट पनि जोगाउँछ ।

१०. शरीरको तौललाई नियन्त्रण गर्छ

स्वास्थ्यमा आइरहने गडबढीको कारण अधिक शारीरिक तोल पनि हुन सक्छ । मुटुको रोग, उच्च रक्तचाप, डायबिटीज, अनिन्द्रा जस्ता समस्याको कारण शरीरको मोटोपन हुन सक्छ । तपाईं आफ्नो शारीरिक तौललाई नियन्त्रणमा राखेर स्वस्थ रहन सक्नुहुन्छ ।

यसका लागि चिकित्सकले तपाईंलाई फाइबर युक्त आहारा खान सल्लाह दिन्छन् । फाइबर युक्त आहाराले तपाईंलाई लामो समयसम्म भोक लाग्न दिँदैन । साथै अतिरिक्त क्यालोरी पनि पाइँदैन । उक्त फाइबर स्याउमा फाइन्छ । यसर्थ दैनिक एउटा स्याउ खानाले शरीरको तौललाई पनि नियन्त्रणमा राख्न सकिन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏