आलुको बोक्रा कति उपयोगी

कृषि पोष्ट संवाददाता

काठमाडौ ।

हरेकको भान्सामा नभई नहुने वस्तु हो, आलु । आलु धेरैको लागि प्रिय तरकारी पनि । यसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । थरीथरीका परिकार बनाउन सकिन्छ । उसिनेर खाए हुन्छ, अचार बनाए हुन्छ, दाल बनाए हुन्छ । तरकारीमा त आलु अनिवार्य जस्तै हुन्छ । तर, आलु पकाउँदा प्राय बोक्रा ताछेर फ्याक्ने गरिन्छ ।

जबकी आलुको बोक्रा आफैमा पोषणले भरिपूर्ण हुन्छ । यसमा क्याल्शियम, भिटामिन सि र बि कम्प्लेक्स पाइने बताइन्छ । जसै हामी आलुको बोक्रा ताछेर फ्यक्छौं, त्यससँगै यी पोषण तत्वहरु पनि नष्ट भइरहेका हुन्छन् । यससँगै हामीले आलुको बोक्रामा रहेको फाइबर र प्रोटिन पनि नष्ट गरिरहेका हुन्छौं ।

आलुको बोक्रामा क्याल्शियम, भिटामिन सि र बि कम्प्लेक्स हुन्छ । साथसाथै आलुमा आइरन पनि हुन्छ । यही कारण शरीरमा आवश्यक कतिपय पोषक आलुको बोक्राले पूर्ति गर्छ । त्यसो त शरीरका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै फाइदाजनक छ ।

आलुमा पर्याप्त मात्रामा पोटेशियम पाइन्छ । साथै यो भिटामिन सिको पनि राम्रो स्रोत हो । यी दुबैले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ । यसको बोक्रालाई धोएर सब्जी जस्तै बनाएर खानुपर्छ, स्वास्थ्य लाभ मिल्छ ।

आलुको बोक्रा फाइबरले भरिपूर्ण हुन्छ । यसका बोक्रालाई कुनैपनि रुपले प्रयोग गर्न सक्नुहुनछ । फाइबर अधिक हुने भएकाले लामो समयसम्म पेट खाली रहँदैन र मेटाबोलिक रेट पनि बढाउँछ । यसलाई सेवन गर्दा स्नायु तन्तुलाई बलियो बनाउँछ ।

जुन व्यक्तिको शरीरमा आइरनको कमी हुन्छ, उनीहरुले अन्य सागसब्जीका साथै आलुको बोक्रा सेवन गर्नु एकदमै फाइदाजनक हुन्छ ।

आलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्लेक्स हुन्छ । यसले हड्डीलाई बलियो बनाउँछ । भिटामिन बिले शरीरलाई तागत मिल्छ ।

आलुमा एकदमै धेरै फाइबर हुने भएकाले यसले पाचन यन्त्रलाई पनि बलियो बनाउँछ । यसमा फाइबर अधिक हुने भएकाले कब्जियतबाट पनि बचाउँछ ।

आलुको बोक्रालाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । एक कचौरा आलुको बोक्रा आधा लिटर पानीमा उमाल्नुपर्छ । जब पानी एक वा दुई चम्चा रहन्छ, तब यसलाई तपाईंले आफ्नो कपालमा लगाउन सक्नुहुनछ । यसले कपालको सौन्दर्य बढाउन मद्दत गर्छ ।

यस्ता छन् तामा खानुको फाइदा:

हामी धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ त्यस्ता बाँसको तामा खानेगर्छौं ।भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको रूपमा खान्छौं । ठूला बाँसको तामाभन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ ।तामाको सब्जीबाट के(के स्वा’स्थ्यवर्धक लाभ पुग्दछ र कसरी बनाइन्छ भन्ने बारे तल चर्चा गरिन्छ। स्वास्थ्यका दृष्टिकोणले बाँसको तामा निकै उपयोगी चिज हो ।

तामामा भिटामिन ए, भिटामिन बी, भिटामिन ई, नि’यासिन, रि’बोफ्लाभिन, थि’यामिन र फो’लेट लगायतका तत्व पाइन्छन् । त्यस्तै यसमा क्या’ल्सियम, म्या’ग्नेसियम, फो’स्फरस, पो’टासियम, क’प्पर, जिं’क, सो’डियम, म्या’गानिज र आ’इरन लगायतका खनिज तत्वहरु समेत पाइन्छन् ।डाक्टरहरूले बाँसको टुसामाथि अनुसन्धान गरेपछि तामा स्वास्थ्यपरक लाभहरूको बारेमा बताउँछन् । बाँसको तामामा कम क्या’लोरीका तत्त्वहरू हुन्छन् ।तामामा अत्यन्तै कम का’र्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ यसो हुनाले यो म’धुमेहका रो’गीहरूलाई पनि ज’च्ने परिकार हो । न्युन क्या’लोरी हुनाको कारण यसले शरीरको ‘फ्या’ट ल’स’ वा बोसो घ’टाउन ९ सोझो अर्थमा ओ’जन कम गर्नमा ठूलो सहयोग र्पुयाउँछ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏