को हुन् प्रधानमन्त्रीले फोन गरेर हौसला दिएका युवा ?

कृषि पो्ट संवाददाता

गुल्मी, १५ भदौ ।

रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन । बरु रोजगारीका लागि नयाँ-नयाँ गन्तव्य खोजेर युवाहरु पलायन हुने क्रम बढ्दो छ । तर संसार मै बहुमुल्य बनस्पतीको खेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा थाहा पाएपछि गुल्मीका एक जना युवाले यस्ता बहुमुल्य बिरुवाको खेती सुरु गर्न थालेका छन् ।

गुल्मीका दिलिप भण्डारीले सयौं रोपनी जमिनमा बहुमुल्य बनस्पति बोधिचित्त (बौद्ध ध’र्माबलम्बीहरुले मालाको रुपमा प्रयोग गर्ने), श्रीखण्ड, अगरउड, रुद्राक्ष, नामका बहुमुल्य बनस्पति रोपेका छन् । रेसुङ्गा नगर पालिका वडा नम्बर–२ निवासी भण्डारीले नेपालमै बहुमुल्य बनस्पतिको खेती सुरु गरेका हुन । उनले यस्ता बहुमुल्य बिरुवाको खेती गरेको पाँच वर्ष भयो ।

नेपाली सेनाको जागिर छोडेर विश्वका म’हँगा विरुवाहरु के के हुन् ? कसरी राम्रो आम्दानी गर्न सकिन्छ ? भनेर खोज्दै जाँदा बहुमुल्य वनस्पतीको खेती गर्ने सोच बनाए पछि सुरु गरेको भण्डारीको भनाइ छ । बहु मुल्य बनस्पतिको खेती कसरी गर्ने भनेर भारत, कतार, दुबई, बहराइन, ओमान र सिंगापुरमा अध्ययन गरेपछि नेपालमा आएर बहुमुल्य बनस्पतीको खेती गरेको भण्डारी सुनाउँछन् ।

उनले आफ्नो खेती मात्र गरेका छैनन्, गाउँमा यो खेतीप्रति आकर्षण बढाउन नि:शुल्क बिरुवा पनि बाँड्ने गरेका छन् । यसरी बिरुवा बाँड्ने सेवा गर्दा मात्र उनले ४/५ वटा घडेरी नै बेचेको यथार्थ पनि सुनाए । घडेरी बेचेरै रु’द्राक्षका विरुवा निःशुल्क रुपमा बाँडे को छु- भण्डारी बताउँछन् । विभिन्न ठाउँमा अध्ययन र विरुवाहरु लगाउदै जाँदा घडेरी बेचेर आएको ९३ लाख रुपयाँ लगानी गरेको भण्डारीले जानकारी दिए ।

उनले स्याङ्गजा, नुवाकोट, धादिङ्ग, गोरखा, चितवन, रसुवा र पाल्पामा ३ सय १२ हेक्टर जग्गामा ६ हजार रोपनी भन्दा धेरैमा विरुवा रोपेका छन् । एक्लै संघर्ष गरेका युवा भण्डारीलाई विभिन्न मिडियामा समाचार आएपछि प्रधान मन्त्री केपी शर्मा ओलीले नै फोन गरेर उनको कामको प्रशंसा गर्नुभएको थियो । प्रधानमन्त्रीले बहुमुल्य बनस्पतीको खेती गरेका युवालाई फोन गरेर यसको प्रचार-प्रसार र हरेक कुरामा साथ दिने बताउनुभएको थियो ।

अहिलेसम्म १७ हजार अगरउड, १८ सय बोधिचित्त, ६० हजार श्रीखण्ड र एभोकार्डो गरी नेपालभरि १ लाख भन्दा धेरै बोट लगाएको भण्डारीले प्रधान मन्त्रीलाई सुनाएका थिए । यो वर्षदेखि बोधिचित्त फल्न सुरु गरको र बिक्री हुने भएपनि अहिले को’रोना भाइरस संक्रमणका कारण व्यापारीहरु नआएको र बिक्री गर्न नसकिएको उनको गुनासो थियो । युवा जनशक्ति सबै शहर र विदेश पलायन हुने हो भने गाउँको विकास कस्ले गर्ने भनेर भित्री मनदेखि नै कृषि क्षेत्रमा लागेको भण्डारीले बताए ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏