तनहुँमा जन्मियो एउटा पनि खुट्टा नभएको अनौठो बाच्छो, हेर्नेकाे भीड

कृषि पोष्ट संवाददाता

तनहुँ, १५ भदौ ।

तनहुँमा एक कृषकले पालेको गाईले खुट्टा नभएको बाच्छो जन्माएको छ । चार वटै खुट्टा नभए पनि बाच्छो जीवित रहेको छ ।
शुक्लागण्डकी नगरपालिका–१२ स्थित भोर्ले निवासी लोकबहादुर गुरुङले पाल्नुभएको गाईले बाच्छाे जन्माएको हो । अनौठो बाच्छो जन्मिएपछि हेर्नेहरू छक्क परेको कृषक गुरुङले जानकारी दिए ।

जुम्लाको ढाँणखर्क पाटनमा चट्याङले पाँच सय बढी भेडा मरे

जुम्लामा चट्याङले पाँच सय बढी भेडा मरेका छन् । पातारासी गाउँपालिका वडा नम्बर ४ मा जाजुल्ले सामुदायिक वनमा रहेको ढाँण खर्क सामुदायिक वनमा चट्याङले पाँच सय बढी भेडा मरेका भेटेरीनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिए।

उहाँका अनुसार सो क्षेत्रमा भेडा मरेको जानकारी भएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार गाउँपालिका पशु तथा भेटरीनरी शाखाका प्राविधिक हरि कामीसहितको टोली घटनास्थलमा गएको छ । त्यहाँबाट आएको फोनको आधारमा पाँच सय बढी भेडा मरेको जानकारी भएपनि विस्तृत विवरण आउन बाँकी रहेको जानकारी गर्नुभयो । विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पठाइने भेटेरीनरी कार्यालयले जनाएको छ ।

बेलुकीसम्म विस्तृत विवरण आउने स्थानीय तहले जानकारी दिएको छ । धेरै भेडा एकै पटक मरेको घटना किसानका लागि निकै ठूलो क्षति भएकाले हामी सरोकारवाला निकायहरूले क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिए । यसैगरी गत वर्ष तिला गाउँपालिका वडा नं ६ को सुडिका किसानका समेत २५० भेडा चट्याङले मरेका थिए ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏