पाइल्स भएर हैरान हुनुहुन्छ? प्रयोग गर्नुहोस् यस्ता प्राकृतिक औषधीहरु

कृषि पोष्ट संवाददाता

काठमाडौ ।

घ्यु कुमारीको गुदी पाइल्स का रोगीका लागि धेरै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३-४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ।

पाइल्स का रोगीले तारेको-भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ। अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ । मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ । काँचो केरा उसिनेर बिहान-बेलुका खाँदा फाइदा मिल्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ।

लक्षणहरूः

यो रोग सुरु हुँदा मलाशय तथा गुद्द्वारमा भारीपन बड्ने, चिलाउने, दिसा खलास नहुने र अली अली दुख्ने जस्ता लक्षणहरू देखापर्दछन् । रोग बड्दै गएमा मलाशयका रक्त नलिहरू सुन्निने, फुट्ने भई अकस्मात् रक्तश्राव हुने गर्दछ । सुन्निएका रक्त नलिहरू र वरिपरीका तन्तुहरू तलखस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पा जस्तो मासुका डल्ला-डल्लीहरू गुद्द्वार वरिपरी देखिने गर्दछन् । बाहृय पाइल्स भएको भए अत्यन्त पीडा हुने दिसा अड्केको आभाष हुने उड्न, बस्न, हिडडुल गर्न गाह्रो हुने, मलत्याग पछि पनि पेट सफा नभएको भान हुने । मासि पर्ने मलद्वार वरिपरी चिलाउने र दिसा बस्दा दुख्ने जस्ता लक्षणहरु पनि यो रोगमा देखा पर्दछन् ।

सावधानी तथा बच्ने उपायहरूः

१. मलको त्यागको क्रमलाई नियमति तथा सामान्य गर्नु कब्जीयत तथा पाइल्स निवारणको पहिलो आयाम हो । तसर्थ यसकारण बिहान बेलुका नियमित रूपमा निश्चित समयमा शौच जाने गरौँ ।

२. दिनमा कमसेकम ३ – ४ लीटर पानी पिउने गर्दा खानामा मसिनो-मिठो भन्दा खस्स्रो-मोटो वस्तुहरूको समायोजन पाइल्सका लागि फाइदादायक छ । अतः रेसा र चोकर युक्त खाद्यपदार्थ सागसब्जी फलफूल, सलाद खाने बानी बसालौ ।

३. लामो समय सम्म कुर्सीमा बसि रहने नगरै । बस्नै पर्ने भए पनि ३० – ३० मीनेटको अन्तरमा आसन परिवर्तन गर्ने गरौँ ।

४. ज्यादा भारी बस्तु उठाउदा सावधानी अपनाऔँ । विशेषत भारी वस्तु उठाउदा पेटमा बल पार्नु हुदैन ।

५. गर्भावस्था, कलेजोको रोग, आन्द्राको रोग, पारकिनसन रोग, थाईराईडिजम्, जस्ता विशेष रोगावस्था भएकाहरूले सावधानी अपनाऔ ।

६. श्रम तथा व्यायामलाई दिनचर्याको अभिन्न अंग बनाऔँ । मानसिक तनावलाई बेलैमा व्यावस्थित गरौं ।

७. गरिष्ठ भोजनको सेवन नगरौं ।

८. मध्यपान, धुम्रपान र अन्य नसालु पदार्थहरूको सेवन नगरौं । मानसिक तथा समस्या स्नायुका समस्या अन्तःश्रावी ग्रन्थीका रोगको दवाई खाँदा सावधानी अपनाऔँ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏