काठमाडौं, ११ भदौ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनिरहेको छ । हालसम्म कोरोनाको संक्रमणबाट विश्वमा लाखौ मानिसको ज्यान गइसकेको छ ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने कोरोनाभाइरसबाट मानिसहरुले धेरै उपायहरु अपनाइरहेका छन् । मास्क लगाउनु, साबुन पानीले हात धुनु, सामाजिक दुरी कायम गर्नु लगायतका उपाय धेरैले अपनाइरहेका छन् ।
यसैबीच कोरोनाभाइरसबारे नयाँ कुरा खुलेको छ । हामिले खाने माछा र मासुमा पनि कोरोनाभाइरस लामो समय बाँच्ने एक अध्ययनले बताएको छ । कोरोनाभाइरस फ्रिजमा राखिएको मासुमा करिब ३ हप्तासम्म बाँच्न सक्ने एक अध्ययनले प्रमाणित पनि गरेको छ ।
अत्याधिक चिसो मौसममा कोरोनाभाइरस बाँच्न सक्ने हुनाले फ्रोजन मासु र माछामा तीन हप्तासम्म बाँच्न सक्ने बताइएको छ । एक ठाउँबाट प्याक गरेर अर्को स्थानमा फ्रोजन गरेका माछा मासु लैजादा कोरोनाको संक्रमण हुन सक्ने वैज्ञानिकहरू बताएका छन् ।
साथै दूषित खानाले पनि कोरोनाभाइरसको प्रकोप निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन् । एक अध्ययन अनुसार सिंगापुरको सुपरमार्केटबाट सालमन माछा, कुखुरा र सुँगुरको मासुको टुक्रा काटेर भाइरसको नमूना राखेर अध्ययन गर्दा ३ हप्तापछि उक्त फ्रोजन माछा मासुमा कोरोना सक्रिय रहेको पाइएको हो ।
तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏