च्याउ खेतीको महत्व र कन्य च्याउ खेती गर्ने प्रविधि

कृषि पोष्ट संवाददाता

च्याउ एक किसिमको हरितकण नभएको ढुसी (वनस्पति) हो । च्याउ स्वादिष्ट पोष्टिक खाद्य पदार्थ हो । च्याउको नेपालमा खेती गरिर्दै आइएको छ, भने च्याउ बर्षादको समयमा वन जंगलमा पनि पाइन्छ । नेपालमा करिव ७ सय प्रजातिका च्याउँहरु पाइने गरेका छन ।

नेपालमा कतिपय च्याउँहरु जंगलमा आफै उर्मने गर्छन् भने केही च्याउहरुको खेती समेत हुने गरेको छ । नेपालमा गोब्रे च्याउँ, कन्य च्याउँ, रातो च्याउँ र सेतो च्याउँ मुख्य रुपमा खेती गरिने गरिन्छ । आजभोलिको दिनमा मानिसहरु चेतनशील हँुदै गइरहेका छन । पोष्टिक खाद्य पदार्थतिर ध्यान दिइरहेका छन् ।

त्यसकारण पनि च्याउँको महत्व अझै बढ्दै गइरहेको छ । नेपालका ठुल्ठुला सहर र यीनको आसपासको क्षेत्रमा व्यवासयिक रुपमा च्याउँ खेती हुने गर्दै आएको छ । साथै अन्य गाउँहरुमा खानका लागि मानिसहरुले घरमा समेत च्याउको खेती गर्ने गरेका छन ।

च्याउ खेतीको महत्व

च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइबे्रट, चिल्लो पदार्थ, भिटामिन र पानी प्रशस्त मात्रमा पाइन्छ । त्यस्तै च्याउँमा हाम्रो शरीरलाई आवश्यक पर्ने नौ वटै अमिलो एसिड पाइन्छ । च्याउँमा पानीको मात्र ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूर्ण मानिन्छ । च्याउँ क्यानसर, मुटुरोग जस्ता रोगहरु लाग्नवाट बचाउँछ । यसको पौष्टिकता माछा, मासुभन्दा बढी छ, त्यसैले नियमित त्यसमा च्याउ खाएमा कुपोषण लाग्नबाट बचाउँछ ।

गर्वभती महिलाको लागि चाहिने पौष्टिक खानेकुरामा च्याउँ पनि महत्वपूर्ण छ । गर्वभति महिलालाई हुन सक्ने वा सुत्केरी अवस्थामा हुन सक्ने पौष्टिक आहारको कमीले हुने विभिन्न कमी कमजोरीवाट बचाउँछ ।

च्याउ खेती कम खर्चवाट पनि सजिलै गर्न सक्ने हुदा गरि सकेपछि जीवनस्तर मद्दत पु¥याउँछ । च्याउँमा क्यालसियम पनि प्रशस्त मात्रमा पाइने हुदा बडि बलियो बनाउन सहयोग पु¥याउँछ । च्याउँ खेती गर्न धेरै श्रम नचाहिने हुदा किसानहरु आफनो बचेको समयमा यसको खेती गर्न सक्छन् ।

कन्य च्याउ खेती प्रविधि

कन्य च्याउ नेपालमा सवैभन्दा बढि खेती गर्न सकिन्छ । यो च्याउ खेती धानको पराल, गहुँ वा जौको छ्वाली मकैको ढोड आदीमा गर्न सकिन्छ । आवश्यकता अनुसार पराललाई २÷३ औल लामो पारेर टुक्रा पार्नुपर्छ । यसरी टुक्रा पारिएको पराललाई २/३ घण्टासम्म सफा पानीमा भिजाउनु आवश्यक पर्छ । त्यसपछि भिजाएको पानीलाई तर्काउन ३–४ घण्टासम्म सफा ठाउँमा सफा सामाग्री जस्तै प्लाष्टिक, गुन्द्रीले छोपेर राख्नुपर्छ । त्यसपछि तयार भएको पराललाई बफाउन पर्दछ ।

१ पराल बफाउने तरिका

पराल बफाउनुको उद्देश्य भनेको परालमा रहेका हानिकारक किरा रोगका किटानुहरु नष्ट गर्नु हो । पराल बफाउन ड्रम अथवा माटोको पोटासी प्रयोग गर्नुपर्छ । बफाउन प्रयोग गरिएको भाडोमा ५–६ इन्चसम्म पानी राखी त्यसमा ३–४ इटा राख्नुपर्छ । नभिजाएको पराल राम्ररी खाँदेर प्रयोग गरिएको भाडोको मुख राम्रोसँग छोप्नुपर्दछ । यसरी कम्तीमा आधा घण्टासम्म बफाउनुपर्छ । पराल बाफिएपछि त्यस पराललाई या तँ सोही ड्रममा या तँ अन्य सफा ठाउँमा राखी चिसो हुन दिनुपर्छ ।

२ च्याउको बीउ राख्ने तरिका

यो च्याउको बीउलाई प्राय गहुको दानामा बनाइएको हुन्छ । १२.१ वा १६ इन्च । २६ इन्चको प्लाष्टिकको थैलो प्रयोग गरि यसको बीउलाई रोप्न सकिन्छ । प्लाष्टिकमा रोप्या तह बनाउन आवश्यक छ । १ तह गहुको बीउ, एक तह पराल गरि हातले थिच्नुपर्दछ । त्यसपछि त्यस प्लाष्टिकको थैलोमा ४–५ वटा हावा छिर्ने प्वालहरु पार्नुपर्छ । थैलोको मुख राम्ररी बाँधेर ३ हप्तासम्म अँध्यारो र न्यानो कपडामा राख्नुपर्छ ।

३ च्याउको हेरबिचार

थैलाहरु राख्ने कोठाको तापक्रम २२–२५ सेन्टीग्रेट हुनुपर्छ । बीउ रोपेको २०–२२ दिनमा च्याउको दुसी फिजिएर पराल भरी सेतो देखिन्छ । उक्त डल्लोलाई एक–एक बित्ता १२–२० सेन्टीमिटरको फरकमा सफा इटा वा ढुङगामाथि राख्नुपर्छ । अब यी डल्लाहरुमा दिनको २/३ पटक हल्का रुपमा पानी छर्नुपर्छ । पानी दिदा डल्ला भिजेपछि वरिपरीको खाली ठाउँमा पर्न दिनुपर्छ । जसले यस अवधिमा कोठाको तापक्रम २०–३० सेन्टिग्रेड हुनुपर्छ । पानी दिएको ४–५ दिनमा च्याउँका मसिना फल देखिन्छन । त्यसपछि ४–५ दिनमा च्याउ टिप्नुपर्छ ।

४ च्याउ टिप्ने

च्याउ टिप्दा डल्लामा च्याउका ठुटा रहन नदिइकन टिप्नुपर्छ । च्याउ टिप्ने समयमा कोठामा हावाको सञ्चालन हुनुपर्छ । पहिले जस्तै २–३ पटक हलुका पानी दिइरहनुपर्छ । ७–१० दिनको अन्तरालमा ३–४ पटकसम्म च्याउ टिप्न सकिन्छ । १ केजी परालवाट ५०० ग्राम च्याउ उत्पादन गर्न सकिन्छ ।

५ च्याउ सुकाउने तरिका

विदेशी बजारमा बिक्रि गरि मुल्य बढि लिनको लागि पनि च्याउलाई सुकाउनुपर्छ । च्याउ उत्पदन नहुने मौसममा खानका लागि राख्न पनि च्याउलाई सुकाउन सकिन्छ । च्याउलाई सुकाउनु पहिले २ वा ३ टुक्राहुने गरि ठाडो गरि काट्नु वा चिर्न सकिन्छ वा नचिरिकन पनि खाली सियो र धागो लिएर माला बनाई सुकाउन सकिन्छ । घाम पर्ने कुनै ठाउँमा च्याउलाई सुकाउनु हुर्दैन । च्यालाई झ्याल–ढोका खुल्ला भएको कोठामा सुकाउनुपर्छ । सोलारवाट छोटो समयमा धेरै च्याउ सुकाउन सकिन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏