लकडाउन -२ संगै नेपालगंजमा आकाशियो तरकारीको मूल्य

कृषि पोष्ट संवाददाता

नेपालगंज, ७ भदौ ।

नेपालगंजमा लकडाउन २ संगै तरकारीको मूल्य आकाशियाको छ। १२० दिन लामो लकडाउनमा भारतबाट तरकारी आउन नसक्दा बाँकेमा तरकारीको मूल्यमा बृद्दीभएको थियो।

बाँके प्रशासनले आइतबारबाट फेरी बाँकेमा कोरोना समुदायमा प्रवेश गरेको भन्दै तिन दिनका लागि लकडाउन २ को घोषणा गरेको छ। यता लकडाउन २ को घोषणा संगै बजारमा हरियो तरकारी तथा टमाटरको मूल्य आकाशियाको छ।

साधारणतया टमाटरको मूल्य प्रति केजी ७० देखि ८० रुपैया प्रतिकेजीमा पाइने गर्दथ्यो तर लकडाउन २ को पहिलो दिन टमाटर प्रति केजी १५० देखि १७० रुपैया सम्ममा बिक्रि वितरण गर्दै आएका छन्।

टमाटर संगै अन्य हरियो सागसब्जीमा समेत मूल्य आकासिएको छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏