मासु पसल गर्दै पुर्व ‘धावक’

कृषि पोष्ट संवाददाता

बसन्त क्षेत्री/नेपालगन्ज, ७ भदौ ।

२०५७ जेष्ठ २ गते देखि ११ गते सम्म महाकालीको वर्मादेव बाट १ लिटर पानि लिएर मेचिको काकरभिट्टा सम्म १ हजार २९ किलोमिटिर दुरी पार गर्दै दौडेका बर्दियाका कृष्ण प्रसाद बास्तोला(धावक) को परिचय अहिले बदलिएको छ ।

भुपु आर्मि समेत बासगढि नगरपालिका वडा नम्बर ५ बस्ने कृष्णले घर छेउमै मासु पसल गरिरहेका छन । ६ वर्ष नेपाल आर्मिमा रहेर देशको सेवा गरेका धावक कृष्णले ११ वर्ष दुवै र कतारमा होन्डाई कम्पनिमा समेत काम गरे । ११ वर्ष विदेशमा काम गरेपछि फर्किएपछि समाज सेवाका साथै आत्मनिर्भरको बाटोमा लागेका कृष्णले व्यवस्थित मासु पसल सन्चालन गरेर सफा ताजा मासु विक्रि गर्ने गरेका छन ।

सामाजिक काममा समेत उत्तिकै लागी पर्ने धावक कृष्णले नजिकै रहेको केदारेश्वर धामको प्रवेशद्धार(गेट) बनाइदिएका छन । आफु पढेको विद्यालय असदश निमाविमा मन्दिर बनाउदै छन । बागेश्वरी सामुदायिक बनका अध्यक्ष रहेका धावक कृष्ण वासगढी उद्योग वाणिज्य संघका सदस्य भएर काम गरिरहेका छन ।

उनले ७ वर्ष यता देखि संचालन गरेको धावक सप्लायर्स तथा माछापुर्छे फ्रेस हाउसमा नियमित ग्राहकहरुलाई विशेष छुट समेत दिदै आएका छन । दैनिक ४० देखि ५० केजी सम्म खसीको मासु विक्रि हुने उनको पसलमा मासु खरिद गर्न आउनेलाई भुटुवा फ्रि दिने गरेका छन । उनले ३० केजि मासु खरिद गर्दा १ किलो फ्रि दिने गरेका छन । धावक कृष्णले गाउँमा किसानलाई खसी पालन गर्नका लागी लगानी समेत गरिदिएका छन ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏