उपत्यकामा कृषि उपजका सवारी साधनलाई हिडडुलमा नरोकिने

कृषि पोष्ट संवाददाता

काठमाडौं, ४ भदौं।

सरकारले उपत्यकामा पनि निषेधाज्ञा जारी गरेको छ। अत्यावश्यक काम वाहेक हिडडुल तथा सवारी साधन सञ्चालन गर्न नपाइने भएपनि कृषि उपजकालागि भने खुल्ला हुने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको सूचनाअनुसार अत्याश्वक सेवाहरु जस्तै कृषिजन्य विउविजन, माछा÷मासु, मासुजन्य वस्तु, दाना, भेटेनरी जस्ता सेवाहरु लिएर हिड्ने सवारीलाई नरोकिने जनाइएको छ।

कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकलाई दिइँदै

बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा गर्नुपर्ने लगानी कृषि विकास बैंकमार्फत प्रवाह गर्नुपर्ने व्यवस्था हुन लागेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा यो क्षेत्रमा कृषि विकास बैंकको ज्ञान र अनुभव धेरै भएकाले उक्त व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

‘कृषि क्षेत्रमा कृषि विकास बैंकको राम्रो अनुभव छ,’ कान्तिपुर दैनिकले शनिबार आयोजना गरेको मौद्रिक नीति विशेष कान्तिपुर राउन्ड टेबलमा उनले भने, ‘यसकारण समग्र कृषि कर्जाको नेतृत्व अब कृषि विकास बैंकले गरोस् भन्ने चाहना हो ।’ आगामी मौद्रिक नीतिमा उक्त व्यवस्था आउने पनि उनले जानकारी दिए ।

०७३ सालदेखि सरकारले व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान दिँदै आएको छ । गत वैशाखसम्म २३ हजार २ सय ६६ जनाले ५० अर्ब ७८ करोड रुपैयाँ बराबर ब्याज अनुदानको कृषि कर्जा पाएका छन् । यस्तै, वाणिज्य बैंकहरूले कुल लगानीको न्यूनतम १० प्रतिशत कृषिमा लगानी गर्नैपर्ने अनिवार्य व्यवस्था छ । यद्यपि यो कर्जा समान रूपमा वितरण नभएको, लक्षित वर्गमा नपुगेको लगायत गुनासो आइरहेको छ । यही कारण कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकलाई दिन लागिएको गभर्नर अधिकारीले बताए ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏