कृषकको आम्दानीको श्रोत बन्दै सुपर नेपियर

कृषि पोष्ट संवाददाता

इलाम , २ भदौ ।

इलाम माईजोगमाई ५ सोयाङ लोक्साङका युवा सुमन बेघाले सुपर नेपियर धुसको बिरुवा बेचेर नै ६५ हजार आम्दानी गरेका छन् ।

एक वर्ष पहिले काभ्रेबाट बिरुवा ल्याएर ब्यावसायी घाँस खेती सुरु गरेको बेघाले जिल्ला भित्र मात्र नभएर जिल्लाबाहिर समेत बेचेका छन् । जिल्लाको नयाँबजार, पशुपतिनगर, बरबोटे, पाँचथर र ताप्लेजुङबाट समेत विरुवाको माग हुने गरेको छ ।

धेरै विरुवाको माग भएता पनि बाटोको समस्याले लिन आउन नसकेको बेघा बताउँछन् । अहिले पनि नजिकैको किसानहरुलाई बिरुवा बेचिरहेको र आउदो वर्ष ५ लाख बिरुवा बेच्ने गरि बिरुवा उत्पादन गर्ने लक्ष्य रहेकोछ ।

दुहुनो गाईभैसींको लागि सबै भन्दा राम्रो घाँस हो सुपर नेपियर धुष । यो धेरै प्रजातिको भए पनि सुपर नेपियर सबै भन्दा धेरै प्रोटिन पाइने घाँस हो । सन् २०१४ मा काभ्रेको घाँस ब्यवसायी किरण खरेलले थाल्यान्ड्बाट नेपाललमा पहिलो पल्ट भित्र्याएपछि नेपालमा यसको खेती शुरु भएको मानिन्छ ।

हामीले घाँसको लागि उत्पादन गरिन्ने मकैमा ६ देखि ८ प्रतिशतमात्रै प्रोटिन हुन्छ । तर यो धुषमा १६ देखि १८ प्रतिसत प्रोटिन हुने भएकोले दुहुनो गाईभैंसीको लागि उत्तम घाँस मानिन्छ । यो घाँस दिनाने दूध धेरै बाग्लो र कृम धेरै झर्ने भएकोले अहिले यो घाँसको माग बढेको हो ।

धेरै किसानहरुले अम्लिसोघाँस उखेलेर यो घाँस रोप्न थालेका छन वर्षमा ४/५ पल्ट काट्न सकिने भएकोले धेरैको रोजाईको घाँस सुपर नेपियर धुष बनेको हो । पराकिलो, खुल्ला र मलिलोमा रोप्नेले छिटो आउने र फैलिन्ने हुन्छ । रोपेको ६० दिनमै १० फुट अग्लो हुने नेपियर धुस ९० दिनमा पहिलो पल्ट घाँस काट्न सकिन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏