मरेका कुखुराको मासु बेच्ने पक्राउ

कृषि पोष्ट संवाददाता

काठमाडौँ , १ भदौ ।

काठमाडौं महानगरपालिका ३१ प्रयाग मार्गस्थित बिएण्डबी मीट मार्टका सञ्चालक काभ्रे पनौती नगरपालिका १० घर भएका ३३ वर्षीय कृष्णचरण गोछेलाई मरेका कुखुराको मासु विक्री गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त मासु पसलमा करिब १ हजार किलोग्राम मरेका कुखुरा बिक्रीको लागि राखिएको भन्ने उजुरी पछि प्रहरीले गोछेलाई नियन्त्रणमा लिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिको उपस्थितिमा उक्त मासु खाल्डोमा पुरेर नष्ट गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

होशियार ! कुखुराकाे मासुमा देखियो कोरोना भाइरस

कुखुराको मासु’मा नै कोरो’ना भाइरस देखिएको छ । चीनले ब्राजिलबाट ल्याइएका ‘फ्रोजन चिकेन विंग्स’ मा कोरोना भाइरस ‘कोभिड १९’ देखिएको बताएको हो ।

ब्राजिलबाट सेनजेनमा आयात गरिएका खाद्य पदार्थ ‘फ्रोजन चिकेन विंग्स’ मा कोरोना देखिएको सेनजेनका अधिकारीहरुले पुष्टि गरेका हुन्। फ्रोजन चिकेन विंग्समा कोरोना देखिएसँगै सेनजेनमा फ्रोजन चिकेन विंग्स खरिद नगर्न निर्देशन दिइएको छ। यसअघि बुधबार मात्र इक्वेडरबाट ल्याइएको फ्रोजन स्रिम्प ‘झिंगेमाछा’ मा कोरोना देखिएको समेत चीनले जनाएको थियो ।

ब्राजिल हाल कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो स्थानमा छ। त्यहाँ ३१ लाख ७० हजारमा कोरोना सं-क्रमण पुष्टि हुँदा १ लाखको ज्या-न गएको छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏