कोदो खेती प्रबिधी र यसको उपयोगिता

कृषि पोष्ट संवाददाता

कोदो खेती गर्ने तरिका:

परिचय:काेदाेकाे वैज्ञानिक नाम “Eleusine coracana” हाे। याे “Graminae” तथा (Poaceae) परिवारमा पर्दछ। काेदाे विश्वकाे एक प्रमुख अन्न बालि हाे। यसकाे उत्पत्ति अर्फिकि महादेशकाे ईथियाेपिया भन्ने देशमा भएकाे हाे। नेपालमा पहाडी क्षेत्रमा काेदाेलाई मकै पछिकाे दाेर्साे बालि मानिन्छ। यसकाे खेति नेपालकाे पहाड र तराई दुबै क्षेत्रमा गरिन्छ। सुख्खा तथा चिस्यान कम हुने माटोमा पनि राम्रोसँग सप्रने हुनाले याे बालिलाई नेपालकाे पहाडी भेगमा प्रमुख बालीमध्ये एक मानिन्छ । करिब १५० सेन्टिमिटर सम्म अग्लाे हुने याे काेदाेकाे डाठाे चाैडा र गांठाे गाेलाे हुन्छ । उत्पत्ति :डे क्याण्डोल (१८८६)-का अनुसार, कोदोको अनेकौं रूप हाम्रो देशमा पाइएकोले कोदो सम्भवत: भारतबाटै उत्पत्ति भएको हो। उत्तर भारतको विभिन्न भागमा पाइने एल्युजिन इण्डिका नामक घाँसजातीय वनस्पतिबाट यसको उत्पत्ति भएको हुनसक्छ। यो भारतबाट एबिसिनिया र बाँकी अफ्रिकी देशहरूमा फैलिएको हुनसक्छ। तर भेभिलो (१९५१) र मेहरा (१९६२) एल्युजिन कोराकाना अफ्रिकी मूलको भएको ठान्छन् अनि यो बाली शुरुमा सोबोइन मार्ग भएर अफ्रिकाबाट भारतमा आएको बताउँछन्। हाबापानी:काेदाे प्रमुख अन्न बाली भएको कारणले गर्दा यसकाे उत्पादन विभिन्न क्षेत्रमा गरिन्छ। यसकाे उत्पादन जात, माैसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ। काेदाेलाई गरम तथा सम शिताेष्ण हावापानि चाहिने भएका पनि यसकाे खेति तराई देखि ७००० फिट अग्लाे पहाडसम्म गर्न सकिन्छ। बाेट वृद्धिकाे लागि बढि तापक्रम चाहिन्छ भने यसका लागि औसत अधिक्तम तापक्रम २७ डिग्ी सेल्सियस र न्युनतम तापक्रम १८ डिगी सेल्सियस तापक्रम उपयुक्त मानिन्छ ।माटो: काेदाे खेति जुनसुकै माटाेमा गर्न सकिने भएता पनि पानी नजम्ने र बलाैटे दाेमट माटाेे यसकाे लागि उपयुक्त मानिन्छ। याे बाली अम्लिय माटाेदेखि धेरै नुनिलाे र राताे माटाेमा पनि राम्रो फस्टाउन्छ। यसकाे खेतिकाे लागि पि.एच ४.५ देखि ५.५ भएकाे माटाे उपयुक्त हुन्छ।
जग्गाको तयारी :सामान्यतमा मकै बाली भित्र धुसुवा बालीका रुपमा कादाे लगाईने भएकाले मकै भित्र काेदालीले माटाे पल्टाएर झारपात सफा गरेपछि कादाेकाे बेर्ना राेप्ने प्रचलन छ तर एकल बालीकाे रुपमा काेदाे खेति गर्न हलाे वा टयाक्टरले एक दुई पटक राम्ररी जाेते पछि डल्ला फाेरेर झारपात हटाएर जमिनकाे तयारी गर्नुपर्दछ भने कादाे खेतिका लागि माटाेलाई मसिनाे बनाउनु नै उपयुक्त हुन्छ। काेदाे खेति गरिने जमिनमा पानी जम्ने अवस्था आउन नदिन पानीको निकासकाे राम्रो प्रबन्ध मिलाउनु पर्दछ अनि बल्ल काेदाे खेति गर्नकाे लागि बारी तयार हुन्छ। काेदाे खेति गर्दा लाईनकाे दुरी २०-२५ सेन्टिमिटर तथा बाेटकाे दुरी ८-१० सेन्टिमिटर हुनुपर्दछ। लाईनमा छर्दा बीउ ३-४ सेन्टिमिटर गहिराे हुनुपर्दछ। बेर्ना सारेर खेति गर्दा ४ किलोग्राम बीउ एक हेक्टरकाे लागि पुग्ने गरि बेर्ना उमार्न पुग्छ तर साधारणतय एक हेक्टरकाे लागि ८-१० किलोग्राम बीउ चाहिन्छ , बीउ सबै ठाउँमा एकनास हुने गरि छरिदिने र माथिबाट १-२ सेन्टिमिटर बाक्लाे गरि माटाेले छाेपी त्यसलाई थराल, तितेपाती वा असुराे आदिले छाेपी चराचुरुङ्गीबाट बचाउनु पर्दछ।

मलखाद:काेदाेकाे राम्रो वृद्धि र विकासकाे लागि मलखादकाे पनि आवश्यक पर्दछ। विशेषगरी काेदाे खेति गर्दा प्रयाेग गर्नुपर्ने मलखादकाे मात्रा लगाउने जात, माटाेकाे प्रकार र बाली लगाउने तरिका अादि कुराहरुमा निर्भर गर्दछ। त्यसैले माटाेकाे परिक्षण गराएर मात्र माटोमा अपुग तत्वहरु उपयुक्त मात्रामा प्रयाेग गर्नु सबैभन्दा राम्रो हुन्छ ।काेदाे खेतिका लागि युरिया ३.६७ किलोग्राम ,डि.ए.पी ३.२६ किलोग्राम ,पाेटास १.६६ किलोग्राम र २०-२५ डाेका प्राङारीक मल प्रती राेपनीका दरले प्रयाेग गर्न सकिन्छ ।यसरी प्रयाेग गर्दा पाेटास र डि.ए.पी काे पुरै मात्रा र युरियाकाे अाधा मात्रा मल जमिनकाे अन्तिम तयारिकाे समयमा प्रयाेग गर्नुपर्दछ र युरियाकाे बाकि आधा मात्रा गांज अाउने समयमा “top dressing” गर्नुपर्दछ। नेेपालमा धेरै स्थानहरुमा मकै छर्दा प्राङारीक मल प्रयाेग गर्ने र काेदाे राेप्दा मल प्रयाेग नगर्ने चलन भए पनि काेदाेकाे उत्पादन बढाउन उचित मात्रामा मलखाद प्रयाेग गर्न आवश्यक हुन्छ । रोग तथा किरा ब्याबस्थापन:यसकाे खेति अथवा उत्पादन गर्दै जादा विभिन्न किसिमका राेग तथा किराहरु लाग्न सक्छ जस्तै ; (१) रिठ्ठेे किरा- याे एक किसिमकाे कालाे रङ्गको खपटे किरा भएकाले यसले जमिन मुनि बसि काेदाेकाे व्याडलाई क्षति पुर्‍याउन्छ। पानी नलाग्ने सुख्खा बालीलाई यसले दुख दिन्छ। यसकाे राेकथामका लागि मालाथायन धुलाे २० किलोग्राम – हेक्टरका दरले बीउ राेप्नु भन्दा अगाडि माटाेमा मिसाउनु पर्दछ। (२) खुम्रे किरा- यसकाे लाब्रे र माउ खपटेले जमिन मुनि बालिलाई क्षति पुर्‍याउदछ। यसकाे व्यवस्थापनका लागि मालाथायन धुलाेे २० किलोग्राम – हेक्टरका दरले बीउ राेप्नु भन्दा अगाडि माटाेमा मिसाउनु पर्दछ। (३) धर्के गवारा तथा गुलाबि गवाराे – फुलबाट निस्कनसाथ गवाराेकाे लाब्रे गुभाबाट भित्र पसी मुल डाठ खाई सुकाई दिन्छ ।यसकाे व्यवस्थापनकाे लागि डेल्टामेथिंन २ मिलि लिटरका दरले पानीमा मिसाई छर्कनु पर्दछ।

पौष्टिक महत्त्व : प्रत्येक १०० ग्राम कोदोमा पाइने पौष्टिक तत्वहरु:

प्रोटिन ७.६ ग्राम फ्याट १.५ ग्राम कार्बोहाइड्रेट ८८ ग्राम क्यालसिएम ३७० ग्राम भिटामिन ०.४८ मिलिग्राम थाइमिन (बि१) ०.३३ मिलिग्राम राइबोफ्ल्याबिन (बि२): ०.११मिलिग्राम नाइसिन(बि३) : १.२ मिलिग्राम

फाइबर: ३ ग्राम
उपयोगीता:कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यो सजिलै पच्दछ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व हुन्छन् । केही व्यक्ति ग्लुटेन प्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प हो । कोदो खाए शक्ति मिल्दछ । यो ऊर्जाको राम्रो स्रोत हो । यसबाहेक तौल घटाउनसमेत कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ । यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ । केहि अध्ययनका अनुसार कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुन्छ ।

अन्त्यमा :बच्चाको लागि सबैभन्दा उत्तम
स्वास्थ्य विशेषज्ञहरुले कोदोलाई वालवालिकाको सबैभन्दा उत्तम खाद्यान्न प्रमाणित गरेका छन् । कोदोको परिकार खाएका वालवालिकाको दिमागको विकास तीव्र गतिमा हुन्छ । हड्डी मजबुत बनाउने र शरीरको संरचना विकासमा कोदोको परिकारले राम्रो भुमिका खेल्छ ।

लेखक:सोबिता भुजेल ( कृषि तथा बन बिज्ञान बिश्वबिद्धालय , भ्याली कृषि क्यापस ललितपुर मा Bsc Agriculture अध्यनरत बिद्यार्थी हुन् )

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏