कोरोना भाइरसको संक्रमण कुखुराको मासुमा पनि देखियो

कृषि पोष्ट संवाददाता

काठमाडाैँ, ३० साउन ।

ब्राजिलबाट चिनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।शेन्जेनको लंगग जिल्लामा आयात गरिएको कुखुराको पखेटामा बुधवार कोरोना भाइरसको संक्रमण पत्ता लागेको सीएनएनमा उल्लेख छ । अधिकारीहरूले ब्रान्डको नाम भने नलिएको जनाएको छ ।

शेन्जेन स्वास्थ्य अधिकारीहरूले उत्पादनको साथ सम्पर्कमा आएकाहरुलाई तुरून्त परीक्षण गर्दा सबैको परिणामहरू नकारात्मक आएको जनाएको छ । हाल सबै सम्बन्धित उत्पादनहरू बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र युएस रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) लगायत स्वास्थ्य अधिकारीहरूले भनेका छन् , ‘खानाको माध्यमबाट भाइरस सर्ने सम्भावना कम छ।’

चीनमा आयातित मासुमा देखियो कोरोना भाइरस

चीनको सेन्जेनमा ब्राजिलबाट आयात गरिएको मासुमा कोरोना भाइरस (कोभिड–१९) फेला परेको छ । सेन्जेन सहरको स्थानीय सरकारले बिहीबार दिएको जानकारी अनुसार ब्राजिलबाट आयात गरिएको ‘फ्रोजन’ कुखुराको पखेटामा कोरोना भाइरस फेला परेको हो । यससँगै खाद्यान्न आपूर्तिमा पनि आशंका उत्पन्न भएको छ ।

ब्राजिलबाट आएको कुखुराको मासुको नमुना स्थानीय रोग नियन्त्रण केन्द्रले परीक्षण गर्दा कोरोना भाइरस फेला परेको हो । गत जुनयता निरन्तर मासु र सिफुडहरुमा निरन्तर स्क्रिनिङ गरिँदै आएको छ । चीनको राजधानी सहर बेइजिङमा सिन्फाडि होलसेल खाद्यान्न केन्द्रबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले निरन्तर यस किसिमको परीक्षण शुरु गरिएको हो ।

यसअघि इक्वेडरबाट आएको झिंगे माछाको मासुको प्याकेटमा कोरोना भाइरस फेला परेको थियो । शेन्जेनको सहरका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको आशंका गरिएको खाद्यान्नबाट सर्न सक्ने सम्भावना भएका सबै मानिसलाई पहिचान गरी परीक्षण गरिएको बताएको छ । सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

यस विषयमा चीनमा रहेको ब्राजिलको दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । चीनले भने मानिसहरुलाई आयातित मासुबाट हुनसक्ने संक्रमणको जोखिम न्यूनीकरणको लागि सचेत रहन सबैलाई आग्रह गरेको छ । स्रोत : रोयटर्स

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏