कुखुराको भालेले आ’क्रमण गर्दा एक महिलाको मृत्यु

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

अस्ट्रेलियामा कुखुराको भालेको आ’क्रम’णबाट एक वृद्धा महिलाको मृत्यु भएको छ।

आफैंले पालेको कुखुराको आ क्र,मणबाट वृद्धाको मृत्यु भएको अस्ट्रेलियाका प्रहरीले जनाएका छन्। दक्षिण अस्ट्रेलियास्थित आफ्नै घर पछाडि ती महिलाको सानो खोरमा कुखुरा पालन गरेकी थिइन्।

महिला कुखुराको अन्डा संकलन गर्नको लागि खोर गएकी थिइन्। सोही क्रममा त्यहाँ भएको भालेले महिलालाई आक्रमण गरेको हो।

भालेको आ क्रम’णबाट वृद्धाको शरीरबाट अत्याधिक रगत बगेपछि उनको निधन भएको प्रहरीले जनाएका छन्।

कुखुराहरु प्राय अ’हिंस्रक मानिन्छन्। भालेचाँही कहिलेकाँही आ’क्रमक हुने गर्दछ। प्रहरीले यस घटना अनौठो भएको बताएको छ।

-एजेन्सी

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏