मानिसको आयु बढाउने अनौठो आलु, जुन खाँदा बुढो भईदैन

कृषि पोष्ट संवाददाता

एजेन्सी ।

आलुलाई हामिले तरकारीको राजा मान्दछौ । जुनसुकै तरकारीसँग मिल्ने आलु भान्सामा दैनिक प्रयोग हुन्छ । हामिले रातो, सेतो, छिर्केमिर्के आलु देखोका छौ । तर यस्तो आलु पनि हुन्छ जुन वैजनी रंगको हुन्छ ।

जसको सेवनले कहिल्यै बुढो भइदैन । यस आलुले बिभिन्न रा्ेगहरुबाट बचाउछ । यो आलु हामीले सेवन गरेको भन्दा हल्का फरक हुन्छ । यो आलु बनाउन पाचँ साल लागेको बताइएको छ । कृषि बैज्ञानिकले आलुका करिब २० नयाँ प्रजाति तयार गरेका छन् ।

यो आलुमा भिटामिन सी को मात्रा तीन गुणा बढि हुन्छ । यस हालुमा अक्सिकरण निरोधक तत्व पनि चार गुणा बढी हुन्छ ।अक्सिकरण निरोधक तत्वले बुढोपन रोक्न सक्ने बताइन्छ । यसले मानिसलाई लामो आयु दिने पनि बताइन्छ । यो आलुलाई पहिला टेस्ट ट्यूबमा तयार गरिन्छ अनि खेतमा रोपिन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏