विषालु च्याउ खाँदा जाजरकोटमा एकै परिवारका चार जनाको मृत्यु

कृषि पोष्ट संवाददाता

जाजरकोट, १४ साउन ।

विषालु च्याउको सेवनबाट जाजरकोटमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका–१ स्याँक्रीका स्थानीय टेकबहादुर चलाउनेको परिवारले गत ९ साउनमा जंगलबाट च्याउ ल्याएर खाएका मध्ये ८ जना बिरामी परेकामा चारको मृत्यु भएको हो ।

एक जनाको घरमै र तीन जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मंगलबार उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीया अप्सरा चलाउने, १३ वर्षीया छोरी धनसरा चलाउने, ११ वर्षीया निरुता चलाउने र ३ वर्षीया अञ्जना चलाउने छन् । निरुताको घरमै र बाँकी तीनको उपचारका क्रममा मृत्यु भएको हो ।

बिरामीमध्ये ७ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी सोमबार सुर्खेत लगिएको थियो । कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलका अनुसार अस्पताल ल्याउन ढिला भएका कारण बिरामी बचाउन नसकिएको हो ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏