१ देखि २ वर्ष भित्रै उत्पादन लिन सकिने मुन्तला खेती गर्ने कि ?

कृषि पोष्ट संवाददाता

मुन्तलाको वानस्पति नाम फोर्चुनेल्ल स्पेसिज (Fortunella Species) हो।यो Rutaceae रुटेसी परिवरमा पर्छ। यसलाई अंग्रेजी (kumquat) भनिन्छ। लियरिंग गरेको बिरुवाले लगभक १-२ बर्षमा फल दिन्छ। यसमा उच्च फाइबर, पर्याप्त भिटामिन सी, भिटामिन ए, खनिज मांगनीज, चीनी र साईटिक एसिड हुन्छ।

क्रषि बिकास कार्यलयका अनुसार खेति गरेमा प्रति बोटमा ८०० -१००० फल उतपादन हुन्छ, तर बोटको उमेर ५-८ वर्ष भएको हुनुपर्छ।

हावापनि:

यसको खेति समुन्द्र सतहबाट ८०० -१५०० मीटरको उचाईंसम्म गर्न सकिन्छ । तापक्रम ५ -३५ °C ,जात अनुसार तुसारो सहन नसकने भएकोले उचाई अनुसार बिरुवा लगाउदा राम्रो हुन्छ। मुन्तला लगउनका लागि पी एच (PH) ५-६ .५ र मलीलो माठो हुदा राम्रो हुन्छ।

पानिको निकास:

मुन्तलाको बगैचा लगउनुभन्दा पहीले चरैतर्फ कुलेसो बनाउनुपर्छ र पानि पर्दा तुरुन्त बगेर जाने हुनुपर्छ। यो बिरुवा गार्देन बनउने ठांउ्मा लगाए्मा नीकै राम्रो सोभा दिन्छ भने ३० -४० सेन्तिमीतर गमलामा रोपेर पनि फल
उत्पादन गर्न सकिन्छ ।

मुन्तलाका फाईदाहरु:

– मुन्तला क्यालोरीमा कम छन्, पाचन स्वास्थ्य सुधार गर्छ।
– मुन्तलाले तपाईंको छाला र कपाल नरम पार्छ।
– मुन्तलाले स्वस्थ रक्तचाप कोयम राख्न मद्दत गर्छ।
– मुन्तलाले व्यक्तिहरूलाई सम्भवतः संक्रमण क्यान्सरसगं लड्न मद्दत गर्छ ।

लगउने समय र तरीका:

– यो बिरुवा असार र साउनमा लगाईए राम्रो हुनेछ।
– ५ – ६ meter दुरीम , १ meter गहिरो खोपिल्टो बनाउनु पर्छ।
– रोपनु भन्दा अगडि पाकेको कम्पोस्ट मल २० -२५ क़ेजी माठोमा मीलाई, १० क़ेजी सुकखा माठो तेसपछि बिचमा रोपनु पर्छ। मुन्त्लाका जातहुरु यसप्रकर छन्।
(Panama Orange,Citrus Japonica , Obovata, Hong Kong Kumquat, Citrus margarita)

विरुवाको र थप जानकारीका लागि : प्लान्ट नेपाल
सम्पर्क नं : ९८६६२७७०१६, ९८२३५२७२५८
ठेगाना : वागवजार , कृषि विकास बैंक गल्ली

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏