चीनमा भेटिएको भनिएको नयाँ भाइरसबारे बोल्यो चीन, गर्यो यस्तो दाबी !

कृषि पो्ट संवाददाता

काठमाडौं, २१ असार ।

चीनको कृषि विभागले स्वाइन फ्लू जी-४ कुनै नयाँ भाइरस नभएको र यो भाइरसले कोहि मानिस र जनावरलाई संक्रमित गर्न नसक्ने बताएको छ ।

साथै विभागले यो भाइरसबाट कुनै पनि क्षति नभएको समेत दाबी गरेको छ। तर यो भन्दा अगाडि नेशनल एकेडेमी अफ साइन्सद्वारा तयार गरिएको एक अमेरिकी रिपोर्टले यो भाइरस घातक र मानवमा महामारी फैलाउन सक्ने भएको दाबी गरेको थियो।

चीनको कृषि मन्त्रालयले भने यो एउटा झुठो प्रचार भएको र उक्त रिपोर्टमा भाइरस घातक सिद्ध हुने कुनै पनि प्रमाण नरहको बताएको छ ।

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा फैलिएको छ । जसका कारण लाखौँ मानिसहरुको मृत्यु भएको छ भने करोडौँ मानिसहरुलाई संक्रमण भएको छ । दिनप्रतिदिन यो महामारी झनै तीव्र गतिले बढीरहेको छ ।

यसैबीच चीनका वैज्ञानिकले एक नयाँ फ्लू भाइरसको बारेमा पत्ता लगाएका छन् । महामारीको रुपमा फैलिन सक्ने नयाँ फ्लू पत्ता लगाएको उनीहरुले बताएका छन् । चिनियाँ वैज्ञानिकहरूले स्थानीय सुँगुरमा नयाँ भाइरस भेट्टाएका हुन् ।

यो भाइरस मानिसमा फैलिन सक्ने र भाइरस घातक महामारी पनि बन्न सक्ने चिनियाँ वैज्ञानिकहरुको दाबी रहेको छ ।

शोधकर्ताहरुले नयाँ स्वाइन फ्लू, स्वाइन फ्लूको आनुवंशिक वंशज भएको बताएका छन् । नयाँ स्वाइन फ्लू जी-४ रहेको छ ।

यो फ्लू पहिलेको भन्दा धेरै घातक रहेको समेत शोधकर्ताहरुको दाबी छ। यस्तो अवस्थामा, यदि यो कोरोना महामारी (कोभिड-१९) को सम्पर्कमा आएमा, यो झनै डरलाग्दो बन्न सक्ने वैज्ञानिकको चिन्ता छ ।

यो भाइरस फैलिएमा रोक्न गाह्रो हुने

कोरोना भाइरसभन्दा पहिला संसारमा अन्तिम फ्लू सन् २००९ मा आएको थियो । त्यतिबेला यसलाई स्वाइन फ्लू भनिएको थियो ।

मेक्सिकोबाट शुरु भएको स्वाइन फ्लू त्यति घातक भने थिएन । अहिले महामारीको रुपमा फैलिएको कोरोनाबाट एक करोड भन्दा धेरै मानिस संक्रमित भएका छन् ।

यस्तो अवस्थामा नयाँ भाइरस फैलिएको खण्डमा यसलाई रोक्न धेरै गाह्रो हुने बताइएको छ ।

नेशनल एकेडेमी अफ साइन्सेजमा छापिएको यो शोधमा फ्लूको यो नयाँ स्ट्रेनले मानिसहरूलाई नराम्रोसँग संक्रमित गर्ने सम्भावना रहेको बताइएको छ ।

अनुसन्धानका अनुसार यो स्ट्रेन सुँगुरहरूमा पाइन्छ र यसले मानिसहरूलाई पनि संक्रमित गर्न सक्छ।

एजेन्सीको सहयोगमा

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏