कम्फ्रे एक बहु उपयोगी घाँस

कृषि पोष्ट संवाददाता

कम्फ्रे भन्नाले पोथ्रा समूह अन्तर्गत सिम्फाईटम जेनसमा पर्ने बहुवर्षे बिरुवाका प्रजातिहरुको समूह हो । सामान्यतया सितप्रदेशीय घाँसे मैदान तथा घोलहरुमा पाइने यो बिरुवा युरोपको रैथाने बिरुवा हो । यो विरुवा समशितोष्ण तथा उष्णप्रदेशीय हावापानी भएको स्थानमा समेत फैलीएको पाइन्छ । विश्वभरी नै औषधी लगायत अन्य प्रयोजनको लागी वर्षाैदेखी यसको खेती गरिदै आए तापनी नेपालमा भने विगत केही वर्षदेखि बगंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम , खुमलटारले पशुपंक्षी आहाराको रुपमा यसको परिक्षण तथा प्रवद्र्धन गर्ने कार्य गरिरहेको छ ।

यस घाँसको उचाई १ देखि १.५ फिट सम्मको हुन्छ भने फैलावट १.५ देखि २ फिटको हुन्छ । पात भने ५० से.मी. भन्दा पनि लामा हुनुको साथै गाढा हरियो रगंको हुन्छ । यसको काण्ड छोटो हुन्छ भने पुरै बिरुवा छोटो झुसले ढोकको गानो सहितको गहिरो जरा हुन्छ । झप्पोका घण्टी आकारको सेतो देखि गुलाबी रगंको फूल फुल्छ । पा्रय देखि यो घाँस वैशाख देखि जेष्ठ तिर फुल्ने गर्दछ ।

खेती गर्ने तरिका :
कम्फ्रेमा कमै मात्र बिउ लाग्ने भएकोले यसलाई प्राय: जरा काटेर वा बिरुवा छुटटाएर रोप्ने चलन छ । राम्रो बृद्धि विकास भएरहेको परिपक्व बिरुवा छानी माटोको सतह भन्दा ३ इन्च तलबाट तेस्रो गरी काटेर निकालेको बिरुवा भागलाई धेरै भागका छेट्याई वा जराको ३ से.मी. लामो टुक्रा काटी बीउको रुपमा प्रयोग गर्न सकिन्छ । जरा माटोेको सतह भन्दा ५ से.मी. तल तथा बिरुवाले वृद्धि हुने बिन्दु ठीक सतह मुनी पर्ने गरी ५० देखि ९० से.मी.को दुरीमा रोग्नु पर्दछ । चिसो ठाउँमा बसन्त क्रृतुमा र गर्मी ठाउँमा वर्षा याममा कम्फ्रे रोप्नु गर्दछ । यसरी रोपी सकेपछि पहिलो जोडी पात ननिस्कँदा सम्म माटोमा चिस्यान कायम राख्नु पर्दछ । तर्सथ केही छायाँ पर्ने ठाउँमा यसको खेती गर्न सकिन्छ । एक पटक स्थापित भइसके पछि सीमान्त जमिनमा पनि कम्फ्रेले राम्रो उत्पादन दिन्छ ।

उपयोगिता :
कम्फ्रे एक बहु उपयोगी विरुवा हो । यसलाई औषधीको रुपमा , लर्गानीक मलको रुपमा तथा पशुपंक्षी आहाराको रुपमा प्रयोग गर्न सिकन्छ ।

१.औषधीको प्रयोजन : कम्फ्रेबाट तयार गरिएको औषधहिरु चोटपटक निको पार्न , भाँचिएको हड्डी जोड्न , श्वास प्रश्वासका समस्याहरुमा , आँउ तथा पखाला लगायतका समस्यामा उपयोगी मानिन्छ ।

२. अर्गानीक मलको प्रयोजन : यसमा बिरुवालाई आवश्यक पर्ने धेरै खाद्य पाइने हुनाले बगैँचामा फलफुलका बोटहरुको बिचमा कम्फ्रेलाई रोपेर हरियो मलको रुपमा तथगा काटेर कुहाई कम्पोष्ट मलको रुपमा वा पानीमा भिजाएर झोल मलको रुपमा समेत प्रयोेग गर्न सकिन्छ ।गहिरो जरा हुनाले वर्षाको पानीले बगाएर माटोको तल्लो तहमा पुगेका खाद्य तत्वलाई सतहमा ल्याउन समेत कम्फ्रे प्रभावकारी हुन्छ ।

३. पशुपंक्षीको आहाराको प्रयोजन : कम्फ्रेलाई पशुपंक्षीको आहारामा हरियो घाँसको रुपमा प्रयोग गर्न राम्रो हुन्छ । यो घाँसमा रेशाको मात्रा कमखर नरम हुने हुँदा पशुपंक्षीले सजिलै पचाउन सक्छन् जसले गर्दा नउग्राउने जनावरहरु

विशेषता :

बंगुर तथा कुखुराको आहारामा कम्फ्रे मिसाएर खुवाउँदा धेरै प्रभावकारी देखिन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏