काठमाडौंको आकाश सलहले ढाक्यो

कृषि पो्ट संवाददाता

काठमाडौं, १६ असार ।

काठमाडौंको आकाशलाई सलह भरिभराउ देखिएकाे छ । मंगलबार साँझ ठूलाे मात्रामा सलह काठमाडौं उपत्यकाकाे आकाशमा देखिएको हो ।

काठमाडौंको बागबजार भृकुटीमण्डप क्षेत्रमा सलहको ठूलो झुण्ड देखिएको छ । ठूलाे मात्रामा सलहकाे झुण्ड देखिएसँगै काठमाडाैंवासी त्रसित बनेका छन् ।

मध्यपूर्वी तराईबाट गत असार १३ गते राति नेपाल प्रवेश गरेको सलह पश्चिम तराई र बिभिन्न पहाडी जिल्ला हुँदै काठमाडौं उपत्यकामा पनि प्रवेश गरेको छ ।
सलह कीराको हुल काठमाडौं उपत्यका भित्रको जमिनमा बसिनसके पनि चराहरुको आक्रमण पछि केही भुईमा झरेका छन् । तराई र पहाडका बिभिन्न जिल्लामा बालीमा क्षति पुर्याएको सलह हावाको वहावसंगै काठमाडौं प्रवेश गरेको बताइएको छ ।

सलह कीरा माछाको लागि धेरै राम्रो आहारा मानिन्छ भने मध्यपूर्वका बिभिन्न देशमा मानिसहरुले नै सलह कीरा तारेर खाने गरेको समेत पाइन्छ ।

के हो सलह ?

सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।

हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको छ । “सुरुको अवस्थामा त्यति धेरै लामो दूरी तय गर्दैछ, दोस्रो चरणमा अलिक छिटो अघि बढ्छ, जब बयस्क हुन्छ, तब हावाको गतिमा उडेर माइलका माइल लामो यात्रामा अघि बढ्छ,” उनी भन्छन् । पछिल्लो समय रेकर्ड भए अनुसार प्रतिवर्गकिलोमिटर क्षेत्रमा चारदेखि आठ करोडको सङ्ख्यामा सलहको हुल एक स्थानबाट अर्को स्थानमा उड्छ ।

यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ । त्यस्तै यसको प्रजनन क्षेत्र र अण्डा नष्ट गर्ने, जैविक विषादी छर्कर्ने, झुल तथा जालको प्रयोग गरेर पक्रेर नष्ट गर्नेजस्ता उपाय स्थानीय तहमा अपनाएर क्षति थोरै भए पनि कम गर्न सकिने विज्ञ औँल्याउँछन् ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏