कृषि कार्य गर्नु भन्दा पहिले हेनुस :आज तपाईको भाग्य यस्तो छ :असार १५ गतेको राशिफल

कृषि पो्ट संवाददाता

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ । साँझतिर रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । शत्रु परास्त हुनेछन् । मिहिनेतले राम्रो प्रतिफल हासिल गर्न सकिनेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुस्ख पाइनेछ । समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । अध्ययनको गतिले उचाइमा पुर्याउन सक्छ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला । अरूको वचन हार्न नसक्दा दुस्ख पाइनेछ । तर मिहिनेत गर्दा आयस्रोत बढ्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ । अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने समय छ । मिहिनेतले आम्दानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा भने सावधान रहनुहोला ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । तापनि मिहिनेत गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ । साँझतिर नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ । काम पूरा नभए पनि सम्मानित स्थान प्राप्त गर्न सकिनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन समय लाग्नेछ । तथापि मिहिनेत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । लाभांश अरूका लागि खर्चनुपर्ने अवस्था आउन सक्छ । तारिफयोग्य कामको यश भने प्राप्त हुनेछ । साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ । धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अवसर आए पनि तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुनेछ । अरूका लागि उपयोग भइनेछ र परिस्थिति आफ्ना लागि केही प्रतिकूल रहनेछ । काम बिग्रने डरले सताइरहनेछ । आफ्नाबाटै धोका हुन सक्छ । साँझतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । विशेष अवसर प्राप्त हुनाले दिगो काम बन्नेछ । नयाँ जिम्मेवारी पनि बढ्न सक्छ । सामाजिक दायित्व हातलागी हुनेछ ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ । सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । व्यवसायमा आंशिक लाभ हुनेछ । नयाँ काम थाल्न पनि सकिनेछ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

खानपान एवं मनोरञ्जनमा रमाउने समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला । समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ । साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏