मकैंका फाइदै फाइदा, छालादेखि आखाँसम्मलाई उपयोगी

कृषि पोष्ट संवाददाता

असारको दोश्रो साता मकै बाली भित्र्याउने बेला हो । यो सिजनमा पाकेका मकैलाई ढोड सहित वा घोगाँ भाचेर भित्र्याउने गरिन्छ ।

नेपालमा मकै धान र गहुँपछिको तेश्रो अन्नबाली हो । मकैमा शरीरको पोषणका लागि आवश्यक सबै प्रकारको भिटामिन पाइन्छ ।

मकैको सेवनले कोलेस्ट्रोलाई नियन्त्रण गर्दछ । मकै खाँदा तौल पनि नियन्त्रण हुन्छ । मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ ।

यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ । यसका अलावा मकै सेवनबाट निम्न फाइदा पाउन सकिन्छ ।

१. मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वले क्यान्सरको खतरा कम गर्दछ । २. मकैको सेवनबाट फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ । ३. मकैमा पाइने फेरुलिक एसिडले स्तन र कलेजोको ट्युमरको आकार घटाँउछ । ४. मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउँछ । ५. मकैको सेवनले बाथ रोगको सम्भावना कम गर्दछ । ६. मकैमा हुने भिटामिन ए र सीले छालालाई चम्किलो बनाउँछ । ७. मकैको सेवनले अनुहारमा आउने चाउरीपनाबाट समेत बचाँउछ । ८. मकैमा हुने बिटा–क्यारोटिन, भिटामिन एले आँखाको ज्योती बढाउँछ । ९. मकैको सेवनले बढ्दो उमेरमा हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ । १०. मकैमा हुने कार्बोहाइड्रेटले शरीरलाई ऊर्जा थप्दछ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏